Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

मावि स्थायी अन्तर्वार्ताको कार्यतालिका सार्वजनिक, अन्तर्वार्तामा आउँदा के ल्याउने ?

शनिबार, १९ भदौ २०७२

भक्तपुर १९ भदौ / शिक्षक सेवा आयोगले माध्यामिक तर्फ मध्य पश्चिमाञ्चल क्षेत्रको विज्ञान विषय बाहेक सबै परीक्षाको लिखित नतिजा सार्वजनिक गरेसंगै अन्तर्वार्ताको कार्यतालिका सार्वजनिक गरेको छ ।

पूर्वाञ्चलको अंग्रेजी, गणित, विज्ञान र स्वास्थ्य शारीरिक (महिला) को अन्तर्वार्ता क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटामा असोज ८ गते विहान ८ बजे देखि हुने छ ।

यस्तै मध्यमाञ्चल गणित र विज्ञान जनप्रभात मा.वि. कालीमाटी, काठमाडौंमा, पश्चिमाञ्चलको अंग्रेजी, गणित र विज्ञान क्षे.शि.नि. पश्चिमाञ्चल, पोखरामा, मध्य पश्चिमाञ्चल अंग्रेजी र गणित क्षे.शि.नि. मध्यपश्चिमाञ्चल, सुर्खेतमा, सुदूर पश्चिमाञ्चल अंग्रेजी, गणित र विज्ञान क्षे.शि.नि. सुदूर पश्चिमाञ्चल, दिपायलमा असोज ९ गते विहान ८ बजे देखि हुने आयोगले जनाएको छ ।
 
अन्तर्वार्तामा आउँदा उम्मेदवारहरूले ल्याउनुपर्ने कागजातहरू र अन्य जानकारी

- आफ्नो अन्तर्वार्ता हुने अघिल्लो दिन प्रत्येक उम्मेदवारले सम्बन्धित अन्तर्वार्ता केन्द्रमा अनिवार्य रुपमा सम्पर्क गरी व्यक्तिगत विवरण फाराम भर्नु पर्नेछ ।

- अन्तर्वार्ता विहान ८.०० बजेदेखि सञ्चालन हुनेछ ।

- उम्मेदवारले देहायका सक्कल कागजात र सबै कागजातका एक÷एकप्रति प्रतिलिपि आपैmले प्रमाणित गरी ल्याउनु पर्नेछ ।

क) नागरिकताको प्रमाण पत्र

ख) प्रवेश पत्र

ग) अध्यापन अनुमति पत्र

घ) एसएलसी उत्तीर्ण गरेको लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र

ङ) एसएलसी भन्दा माथिल्लो शैक्षिक योग्यताका हकमा आफू उम्मेदवारभएको पदसम्मका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक
योग्यताको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण–पत्र

च) समावेशी समूहबाट अन्तर्वार्ता दिन आउने उम्मेदवारले आफू समावेश भएको समावेशी समूहको प्रमाणित प्रतिलिपि सहित
सक्कल कागजात

छ) हालसालै खिचिएको पासपोर्ट साइजको एकप्रति फोटो ।

- स्वीकृत दरबन्दी (लियन र राहत समेत)मा अस्थायी रुपमा कार्यरत भई हाल अन्तर्वार्तामा सामेल हुन आएका उम्मेदवारले आफू जुन तहको अन्तर्वार्तामा सामेल हुने हो सोही तह र श्रेणीमा अविच्छिन्न काम गरेको भनी सम्बन्धित जिल्ला शिक्षा अधिकारीले प्रमाणित गरिदिएको सक्कल कागजात ।

- उम्मेदवारले ल्याएका सबै सक्कल प्रमाणपत्रका एकएक प्रति प्रतिलिपि, अविच्छिन्न सेवा प्रमाणितको सक्कलै कागजात र आयोगबाट उपलब्ध गराइएको व्यक्तिगत विवरण फाराम भरी रेकर्ड फाइलमा राखेर सङ्लग्न कागजातहरूको पञ्जीकरणसमेत बनाएर अन्तर्वार्ता मुकाममा पेश गर्नुपर्नेछ ।

- उल्लिखित सक्कल कागजात लिई नआउने उम्मेदवारलाई कुनै हालतमा अन्तर्वार्तामा सामेल गराइने छैन ।

- अन्तर्वार्ता सञ्चालन हुने दिन सार्वजनिक विदा परे पनि अन्तर्वार्ता सञ्चालन हुनेछ ।

- कुनै उम्मेदवारले अन्तर्वार्तामा आफू सफल हुने मनसायले कसैलाई भनसुन गरेको, फोन गरेको र व्यक्तिगत प्रलोभनमा पारेको पाइएमा त्यस्ता उम्मेदवारको परीक्षा आयोगले रद्द गर्न सक्नेछ ।

- आयोगको पूर्व सूचना विना अन्तर्वार्ताको निर्धारित कार्यक्रम परिर्वतन वा स्थगित हुने छैन ।

- नतिजा प्रकाशन सम्बन्धी कुनै त्रुटि भएमा आयोगको अभिलेखबाट सच्याइने छ ।

- थप जानकारी लिनु परेमा आयोगको website:- [www.tsc.gov.np] मा logon गर्न र आयोगको फोन नं. ०१–६६३७८७३ मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया