Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

भर्ना अभियान सकियो, पुस्तक आएनन्

आइतबार, १९ बैशाख २०७३

काठमाडौँ, १९ बैशाख ।  माध्यमिक तहका पाठ्यपुस्तक लिन गएका धादिङका पुस्तक विक्रेताहरु लाई जनक शिक्षा सामाग्री केन्द्रले रित्तै हात फर्काएको छ । गत शुक्रवार केन्द्रको बैंक खातामा १ करोड १२ लाख रकम जम्मा गरि पुस्तक लैजान वोलाएको केन्द्रले ‘धादिङलाई पुस्तक दिने माथिल्लो आदेश नभएको भन्दै ’कर्मचारीले फर्काएका थिए । 

नयाँ शैक्षिक सत्र सुरु भै भर्ना अभियान समाप्त हुंदा समेत सरकारी विद्यालयमा अध्ययनरत सवै तहका विद्यार्थीहरुले अझै नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन् । राजधानीसँग जोडिएको धादिङको विकटवस्तीमा मात्रै हैन सदरमुकामकै सरकारी विद्यालयहरुमा पनि पुस्तक उपलव्ध गराक्षएको छैन । पुस्तक नभएपछि विद्यार्थीहरु अहिले कापी र कलमको भरमा मात्र विद्यालय जान बाध्य बनेका छन् ।

पाठ्यपुस्तक नभएका कारण विद्यार्थीहरु कक्षा कोठामा के अध्ययन गर्ने रु भन्ने कुराको समेत अन्यौलमा छन् । तल्लो कक्षा उतिर्ण गरी माथिल्लो कक्षामा प्रवेस गरेका विद्यार्थीहरु भने समयमा नयाँ पाठ्यपुस्तक नपाएका कारण आफुहरुको पढ्नु पर्छ भन्ने मनोवल नै घटेको बताउँछन् । 

विशेष गरि कक्षा ६ कक्षा देखि दश सम्मको त एउटा पनि पाठ्यपुस्तक हाल सम्म धादिङ सदरमुकाम आएको छैन । कक्षा एकदेखी पाँचसम्मको केही पाठ्यपुस्तकहरु भने निजीस्तरका छापाखानाहरु वट जिल्लामा भित्रिए पनि कतिपय विद्यालयमा वितरण हुन सकेको छैन । 

सरकारले भने गत वुधवार सम्म सबै सरकारी विद्यालयका विद्यार्थीहरुलाई पुरा सेट पाठ्यपुस्तक दिने भन्दै घोषण गरेको थियो । ‘पाठ्यपुस्तक पाउनु त परै जाओस् विद्यार्थीहरुले  कहिलेसम्म पाउने भन्ने कुराको समेत अन्यौल रहेको’ शिक्षक विष्णु अधिकारीले वताए । 

ढुवानी झन्झटले पुरै पाठ्यक्रम सेट छपाई नहुन्जेल पुस्तक नलिने अडान लिएका थिए । धादिङका २७ वटा पुस्तक विक्रेता व्यवसायीहरुलाई केन्द्रले जिल्ला शिक्षा कार्यालय मार्फत  पुरै सेट पुस्तक दिने वाचा गर्दै केन्द्रको बैंक खातामा रकम जम्मा गर्न जिल्ला शिक्षा कार्यालय मार्फत निर्देशन दिएको थियो । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया