Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

क्षेत्रीका छोराको शिक्षाका लागि पौडेलको एक लाख सहयोग

आइतबार, १९ बैशाख २०७३

काठमाडौँ, १९ बैशाख । ब्रेन ट्युमरका कारण निधन भएका प्रेस युनियनका सचिव एवं लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षाका लागि कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । 

हालै वैवाहिक बन्धनमा बाँधिएका प्रदीप पौडेल एवं नेविसंघ केन्द्रीय सदस्य एन्जिला न्यौपानेले संयुक्त विज्ञप्ति जारी गर्दै विवाह खर्चबाट कटाएर क्षेत्रीका छोराको उपचारका लागि कोष निर्माणका लागि एक लाख रुपैयाँ उपलब्ध गराउने जनाएका हुन् । 

वैशाख १५ गते वैवाहिक बन्धनमा बाँधिएका पौडेल–न्यौपाने जोडीले नेपाल प्रेस युनियन काठमाडौं शाखामार्फत समन्वय गरी कोष निर्माण गर्ने बताएका छन् ।  शनिबार विवाहको उपलक्ष्यमा जलपान समारोह आयोजना गरेका पौडेलले सोलगत्तै सहयोगको घोषणा गरेका हुन् । 

सामान्य चियापान मात्रै गरिएका कारण अमेरिकामा रहेका दाजुले दिएको विवाह खर्चमध्ये बचत भएको रकमबाट सहयोगको घोषणा गरेको बताए ।   क्षेत्रीको वैशाख १६ गते उपचारका क्रममा निधन भएको थियो ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया