Edukhabar
शुक्रबार, ११ असोज २०८१
गतिविधि

'इस्टु'को राष्ट्रिय महाधिवेशन शुरु हुदैँ

शनिबार, १८ बैशाख २०७३

काठमाडौँ – मुलुकभर रहेका पूर्व प्राविदेखि उच्च माविसम्म संस्थागत भनिने नीजि विध्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको पेशागत युनियन संस्थागत विद्यालय शिक्षक युनियन (ISTU)को एकताको चौंथो महाधिवेशन यही बैशाख १८ र १९ गते काठमाडौंको प्रज्ञाभवन, कमलादीमा हुने भएको छ । 

२०६० सालमा स्थापित इस्टु विगतमा होम कुमार थापाले नेतृत्व गरेको नेपाल इस्टु र मुकुन्द गौतमले नेतृत्व गरेको इस्टु नेपालका नाममा रहेका दुई फरक युनियनहरूका रूपमा अघि बढ्दै एक हुने भएका हुन् ।  सामान्य प्रशासन मन्त्री श्री रेखा शर्मा प्रमुख अतिथि रहने यस महाधिवेशनले ३ बर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । 

युनियनका उपाध्यक्ष इन्द्रराज भट्टराईका अनुसार   संस्थागत विद्यालयका शिक्षक कर्मचारीले नियुक्ति पत्र, सरकारी शिक्षक सरहका सेवा सुबिधा लगायत माग गर्दै शिक्षा एेनमा उल्लेखित नीति नियम बमोजिम विद्यालय संचालन गर्न माग गरेका छन् ।  

युनियन शिक्षक कर्मचारीका वृत्तिविकास एवं हकअधिकार र कर्तव्यका निम्ति अग्रसर हुनेछ ।

प्रकाशित मिति २०७३ बैशाख १८ गते ।

 

प्रतिक्रिया