Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

विराटनगरमा बृहत् पुस्तक प्रदर्शनी हुने

शनिबार, १८ बैशाख २०७३

काठमाडौँ, १८ वैशाख । यही वैशाख २० देखि ३० गतेसम्म विराटनगरस्थित मारवाडी सेवा सदनमा बृहत् पुस्तक प्रदर्शनी हुने भएको छ ।  आयोजक संस्थाका घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालका अनुसार पुराना र दुर्लभ पुस्तकको सङ्कलन र बिक्री, लेखक तथा पाठकको बीच प्रत्यक्ष अन्तरसंवाद, दैनिक कवि गोष्ठी, बहुभाषिक कवि गोष्ठी, गजल, मुक्तक, छन्द कविता, लघुकथा महोत्सव प्रदर्शनीका मुख्य आकर्षण हुन् । 

त्यसका साथै प्रविधि, दर्शन, राजनीति, चलचित्र, शिक्षा संस्कृति, खेलकुद, अर्थ, सञ्चारलगायत विषयमा विज्ञसँग छलफल, नाटक प्रदर्शन, गीत गायन, नृत्यका साथै मदन भण्डारीका दुर्लभ तस्बिर पनि प्रदर्शनीमा राखिने जनाइएको छ । 

प्रदर्शनीमा पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको दार्जिलिङ, खर्साङ, जलपाइगुडी, सिक्किम, आसामसम्मका पुस्तक प्रेमीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । एक सयभन्दा बढी प्रकाशक संस्थाको सहभागिता रहने प्रदर्शनमा करिब रु ३० लाख खर्च हुने आयोजकले जनाएको छ । 

आयोजक संस्थाको सचिव जयन्ता पोखरेलका अनुसार नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका पुस्तक प्रदर्शनीमा राखिने छ । 

रासस 

 

प्रतिक्रिया