Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

स्कूल बसको ठक्करबाट बालिकाको मृत्यु

शुक्रबार, १७ बैशाख २०७३

काठमाडौँ, १७ वैशाख । नर्थ इष्ट इङ्लिस स्कूल भक्तपुरको बसले १८ महिनाको बालिकालाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।  खलासीसमेत नभएको बा५ख ५१०१ नंको बसले चाँगुनारायण नगरपालिका झौखेलस्थित हनुमान इँटाभट्टा अगाडि बालिका कृतिका कुसाथालाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । 

बसको ठक्करले घाइते बालिकाको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिए । ठक्कर दिने बस र बसका चालक चाँगुनारायण नपा–१७ बस्ने ५८ वर्षीय केदार सुलुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रासस 

 

प्रतिक्रिया