Edukhabar
शुक्रबार, ११ असोज २०८१
अन्तैवाट

मिर्गौला रोगीलाई अनेरास्ववियुको सहयोग

शुक्रबार, १७ बैशाख २०७३

काठमाडौँ, १७ वैशाख । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पस इकाई कमिटीले जिल्लाका एक जना मिर्गौला रोगीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । 

ताप्लेजुङको थुकिमा–३ मा घर भएका मिर्गौला रोगी ललितबहादुर जोगीलाई ३८ हजार ४०६ रुपैयाँ उपचारका निम्ति आर्थिक सहयोग सङ्कलन गरी प्रदान गरिएको हो । सो सङ्गठनले सदरमुकाम फुङ्लिङबजार क्षेत्रमा सङ्कलन गरेको उक्त रुपैयाँ बिहीबार एक कार्यक्रमबीच पीडितसम्म पुग्ने गरी उनका भाई डिल्लीराम जोगीलाई हस्तान्तरण गरिएको अनेरास्ववियु, ताप्लेजुङले जनाएको छ । 

उक्त रकम अनेरास्ववियु, ताप्लेजुङका सहसचिव राजु नेपालीले हस्तान्तरण गर्नुभएको थियो । उनको आर्थिक अवस्था नाजुक भएका कारण पीडितलाई सहयोग गर्न सबै पक्षलाई सो सङ्गठनले आग्रहसमेत गरेको छ । दुवै मिर्गौला फेल भएका जोगी अहिले विराटनगरमा उपचाररत रहेको बताइएको छ । 

रासस 

 

प्रतिक्रिया