Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

नक्कली ईन्जिनियर धमाधम पक्राउ 

विहीबार, १६ बैशाख २०७३

काठमाडौँ, १६ बैशाख । उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले नक्कली इन्जिनियर पक्राउ गरेको छ। ईन्जिनियरको नक्कली प्रमाणपत्र बनाई नेपाल ईन्जिनियरिङ परिषदमा दर्ता गराई केही ईन्जिनियरहरुले काम गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुको खोजी गरेको थियो। 

पक्राउ पर्नेहरुमा गाबाहालका २९ बर्षे कम्प्युटर इजाइनर अंकित खड्का, ललितपुर नख्खिपोटका ४४ बर्षीय सुबित खड्का,दिपायल सिलगढीका २८ बर्षे हितेश सिंह, खोटाङ बाकसिलाका २६ बर्षे पुजन कुमार खत्री र काठमाडौं बुढानिलकण्ठका २६ बर्षे सनत श्रेष्ठ रहेका छन्। 

प्रहरीले इन्जिनियरको नक्कली प्रमाणपत्र बनाउने ललितपुर उपमहानगरपालिका १८ गाबहाल स्थित कम्प्यूटर डिजाईनर कार्यालयमा छापामारी कम्प्यूटर लगायतका उपकरणहरु तथा छाप सहित नक्कली ईन्जिनियरिङको प्रमाण पत्र र परिषदमा दर्ता गर्न चाहिने अन्य कागजातहरु समेत बरामद गरेको छ। सामान सहित प्रहरीले नक्कली कागजात तयार पार्ने व्यक्ति तथा उक्त कागजातहरुको प्रमाणित प्रतिलिपि प्रयोग गरी नेपाल ईन्जिनियरिङ परिषदमा दर्ता गराउने व्यक्तिएवं केही नक्कली ईन्जिनियरहरु समेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

(नागरिक दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया