Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

काठमाडौँका जिशिअमाथी कालोमोसो र आक्रमणको प्रयास  

विहीबार, १६ बैशाख २०७३

काठमाडौँ, १६ वैशाख । काठमाडौँका जिल्ला शिक्षा अधिकारी शङ्कर गौतममाथी विद्यार्थीले दुव्र्यवहार गर्दै कालोमोसो र आक्रमणको प्रयास गरेका छन् ।   बुधबार कार्यालयमै गएर नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) सम्बद्ध विद्यार्थी कार्यकर्ताले विवाद झिकी गौतमलाई कालोमोसोसहित हातपातको प्रयास गरेका थिए ।  

सो सङ्गठनका अध्यक्ष पूर्णसिंह बराइलीले पूर्वयोजनाअनुसार घटना नभएको र यसबारे आफूहरुले थप कुरा बुझिरहेको बताए ।   जिशिअ गौतमले राज्यको जिम्मेवारी लिई जनताको सेवा गर्न बस्दा तराईका जिल्लामा गोलीको समेत धम्की खेपेको जनाउँदै यस घटनालाई आफूले सामान्यरुपमा लिएको प्रतिक्रिया दिए । 

रासस 

 

प्रतिक्रिया