Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

उद्योगमन्त्रीद्धारा पाठ्यपुस्तक वितरण

विहीबार, १६ बैशाख २०७३

काठमाडौँ, १६ वैशाख । सरकारले सञ्चालन गरेको पुस्तक वितरण अभियानअन्तर्गत उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले बुधबार भक्तपुरमा पाठ्यपुस्तक वितरण गरेका छन् ।  जिल्ला शिक्षा कार्यालयले भक्तपुर दरबार स्क्वायरस्थित श्रीपद्म उमाविमा आयोजना गरेको सामुदायिक विद्यालयमा भर्ना अभियान, पाठ्यपुस्तक वितरण तथा शैक्षिक गुणस्तर अभिवृद्धिसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले विद्यालयका १० जना विद्यार्थीलाई पुस्तक वितरण गरेका हुन् ।  

कार्यक्रममा विद्यालय स्रोत व्यक्ति, प्रिन्सिपल, अभिभावक सङ्घसङ्गठनका प्रमुख तथा सरोकारवालाले मन्त्रीसमक्ष गुनासो राखेका थिए ।  गुनासो सुनेपछि मन्त्री पाण्डेयले देशमा नयाँ व्यवस्था आइसकेको अवस्थामा पनि पाठ्यक्रममा भने पुरानै तथ्याङ्क आउनु लज्जास्पद भएको बताए ।  

जनक शिक्षा सामग्री केन्द्रले प्रकाशन गरेको पाठ्यपुस्तकलाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै उहाँले केन्द्रको प्रविधि र जनशक्तिलाई सही रुपमा प्रयोग गरेमा पुस्तक छपाइको काम निजी क्षेत्रलाई दिन नपर्ने बताए ।   जिशिअ दिनेश श्रेष्ठले अन्तक्र्रियामा उठेको सुझावलाई सम्बन्धित निकायमा पु¥याउने बताउँदै पुस्तकको बजेट बढाउनु पर्नेमा जोड दिए । 

कार्यक्रममा देवी उमाविका प्राचार्य राजाराम छुँका, पञ्चकन्या माविका प्रधानाध्यापक सन्तलाल दुलाल, अरनिको उमाविका प्राचार्य हरिशरण ढुङ्गेल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष रामप्रसाद न्यौपाने, अभिभावक सङ्घका अध्यक्ष रामप्रसाद प्रजापतिलगायतले नयाँ संविधानअनुसारको पाठ्यक्रम नबनेको, पुस्तक स्तरीय नभएको, कम्प्युटर विषयको पाठ्यक्रम अङ्ग्रेजीमा हुनुपर्ने, अझै पुस्तकको अभाव रहेको, पुस्तकमा मूल्यसूची नहुनु, शिक्षक मिलान नहुनुलगायत समस्या औँल्याएका थिए ।  

रासस 

 

प्रतिक्रिया