Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

क्याम्पसमा दुई महिनापछि ताला खुल्यो

विहीबार, १६ बैशाख २०७३

काठमाडौँ, १६ बैशाख । डडेल्धुरा बहुमुखी क्याम्पसमा विद्यार्थीद्वारा लगाइएको ताला झन्डै दुई महिनापछि खुलेको छ ।  कर्मचारीको भर्नाको विषयलाई लिएर गएको फागुन २१ गते क्याम्पसमा अध्ययनरत चार वटा विद्यार्थी सङ्गठनले गरेको तालाबन्दी बुधबार खुलेको हो ।  

कर्मचारीको भर्नाको विषयमा अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैटौँ, अखिल क्रान्तिकारी र क्याम्पस प्रशासनबीच सात बँुदे सहमति भएपछि ताला खोलिएको विद्यार्थी सङ्गठनले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।  

कर्मचारी भर्ना प्रक्रियालाई तत्काल अगाडि बढाउने, फर्जी विद्यार्थी विवरण छानबिन गरी त्रिविको नियमानुसार कारबाही गर्ने र बेरुजु देखिएको रु एक करोड ९५ लाख रकमको विषयमा कार्यदल गठन गरी छानबिन गर्ने सहमति भएको बताइएको छ । 

क्याम्पस प्रशासन र विद्यार्थी सङ्गठनबीच भएको सहमतिका आधारमा ताला खोली प्रशासनिक कामकाज अगाडि बढाइएको क्याम्पस स्रोतले  जानकारी दिएको छ । 

रासस 

 

प्रतिक्रिया