Edukhabar
विहीबार, १० असोज २०८१
खबर/फिचर

जिशिअ माथि हातपात सहित कालोमोसो

बुधबार, १५ बैशाख २०७३

काठमाडौं - जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतम माथि हातपात भएको छ । बुधबार दिउँसो उनलाई कालोमोसो दलेर हातपात गरेको प्रहरीले जनाएको छ ।

घटनामा विप्लब माओवादी निकट विद्यार्थी कार्यकर्ता संलग्न भएको प्रहरीले शंका गरेको छ । तर यसको पुष्टि भएको छैन ।

कार्यालयमा छिरेका केही अपरिचित ब्यक्तिहरुले गौतम माथि भ्रष्टाचारी र आर्थिक हिनामिना गरेको भन्दै आरोप लगाएका थिए ।

घटनामा संलग्नको खोजि भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७३ बैशाख १५ गते

प्रतिक्रिया