Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा

बुधबार, १५ बैशाख २०७३

काठमाडौँ, १५ बैशाख । कमजोर विद्यार्थीलाई दैलेखको दुल्लु नगरपालिकासहित जिल्लाका नौ गाविसमा अतिरिक्त कक्षा मार्फत अङ्ग्रेजी, गणित र विज्ञान विषय सिकाइने गरिएको छ । कक्षा ३ र ५ का कमजोर विद्यार्थीलाई पहिचान गरी सम्बन्धित विषयको शिक्षक राखेर अतिरिक्त कक्षा सञ्चालन गरिएको हो । 

दुल्लु नगरपालिकासहित ९ गाविसका ४० वटा विद्यालयमा ४० वटा कक्षा सञ्चालन गरिएको जनाइएको छ । नियमित कक्षाबाट पूर्णरुपमा पढाइ पूरा नगरेका विद्यार्थीलाई नयाँ शिक्षकको व्यवस्थापन गरी अतिरिक्त कक्षामा सामेल गराइएको सामाजिक परिचालक लक्ष्मी चलाउनेले बताए ।

नगरपालिका र गाविसका विद्यालयमा नियमित कक्षा चलेका बेला बिहान ८ देखि १० बजेसम्म अतिरिक्त कक्षाहरु चलाइने गरेको छ । कमजोर विद्यार्थीका लागि विशेष कक्षा सञ्चालन गरिएदेखि विद्यालयको स्तर सुध्रेको स्थानीयवासी बताउँछन् । त्यस्तै, सामाजिक सेवा केन्द्रले बिदाका दिन बिहान १० देखि १२ बजेसम्म, १२ देखि २ बजे र २ देखि ४ बजेसम्म अतिरिक्त कक्षा तथा उपचारात्मक कक्षा चलाउने गरेको शिक्षिका दुर्गा बिसी माझीले बताए । 

आइतबारदेखि शुक्रबारसम्म दुई घण्टा अतिरिक्त कक्षा लिइने गरिन्छ । हिमालय प्रावि, जनज्योति उमावि, दीपेन्द्र प्रावि र ज्ञानोदय प्रावि राकममा अतिरिक्त कक्षा नियमित सञ्चालन हुँदै आएको छ । सामाजिक परिचालक लक्ष्मी चलाउनेले भने – ‘थप कक्षा सञ्चालन भएदेखि विद्यार्थी पढाइप्रति गम्भीर देखिएका छन् ।’ 

रासस 

 

प्रतिक्रिया