Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

विद्यालयमा नीतिगत सुधार आवश्यक : क्रान्तिकारी

बुधबार, १५ बैशाख २०७३

काठमाडौँ, १५ वैशाख । एनेकपा (माओवादी) निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले राज्यले जारी गरेको शिक्षा नीति र नियमको परिधिभित्र रहेर शैक्षिक संस्थाहरुले काम नगरेको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

अखिल क्रान्तिकारीले मङ्गलबार इटहरीमा पत्रकारसम्मेलन गरेर स्वीकृति बिना नै बालबालिकालाई कक्षामा भर्ना लिने र अनावश्यक कार्य गर्ने विद्यालयको हर्कत बढेकाले त्यस्ता विद्यालयविरुद्ध किटानी जाहेरी दिने तयारीमा अखिल क्रान्तिकारी रहेको पनि जानकारी दिएको छ ।  

अखिल क्रान्तिकारीले इटहरीमा सञ्चालनमा रहेको बेबिलोन विद्यालयको नाम नै किटेर सो विद्यालयले कक्षा ९ मा भर्ना लिने स्वीकृति नै नलिई १९ जना विद्यार्थी भर्ना गरिसकेको र विद्यालयबाट टाई, पोसाक र शिक्षण सामग्री बिक्री गर्ने व्यापारिक कारोबारसमेत गर्दै आएकाले त्यो कार्य रोक्न दबाब दिने उद्देश्यले प्रशासनको कार्यकक्षमा ताला लगाएको पनि जानकारी दिएको छ ।  

जिल्लामा सञ्चालित निजी क्षेत्रका धेरै विद्यालयले माथिल्लो कक्षा सञ्चालनको स्वीकृति नै नलिई माथिल्लो कक्षामा विद्यार्थी भर्ना लिइरहेको तथ्य फेला परेको र विद्यार्थीले बोक्न नै नसक्ने गरी पाठ्यपुस्तक खरिद गर्न बाध्य पार्ने गरेको तथा राज्यले दीर्घकालीन र गरिब समुदायप्रति लक्षित गरेर शिक्षा नीति कार्यान्वयन गर्नेतिर ध्यान नदिएको तर्फ पनि गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

अखिल क्रान्तिकारीका केन्द्रीय सचिव मदन चुडाल, केन्द्रीय सदस्य हेमसागर तिम्सिना तथा सुनसरी जिल्ला अध्यक्ष खेम रणपहेलीले जिल्लाको यथार्थ अवस्था चित्रण गर्दै अनुमति बिना माथिल्लो कक्षा सञ्चालन गर्ने र विद्यालयले शिक्षाका नाममा गर्दै आएको व्यापारको किटानी जाहेरी दिएर कानुनी दायरामा ल्याउनका लागि जिल्ला शिक्षा कार्यालय र प्रमुख जिल्ला अधिकारीसमक्ष उजुरीसमेत दिने अन्तिम तयारीमा रहेको जानकारी पनि दिएका छन् । 

रासस

 

प्रतिक्रिया