Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

जिशिअमाथि दुर्व्यवहार, २ विरुद्ध मुद्दा

बुधबार, १५ बैशाख २०७३

काठमाडौँ, १५ बैशाख । कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामीमाथि अभद्र व्यवहार गर्ने दुई जना विरुद्ध मुद्दा दर्ता गरिएको छ।   सोमबार दिउँसो जिल्ला शिक्षा कार्यालयमा प्रवेश गरी जिशिअ धामीलाई कालोमोसो लगाएर अभद्र व्यवहार गर्दै हातपात गरिएको थियो। शिक्षा कार्यालयमा विविध शैक्षिक गतिविधिबारे बैठक चलिरहेका बेला दुई जना विद्यार्थीले जिशिअमाथि अभद्र व्यवहार गरेका हुन्।

घटनापछि जिशिअ धामीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। धामीले प्रशासनमा निवेदन दिएपछि मंगलबार दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी मुद्दा दर्ता गरिएको कञ्चनपुर प्रहरीका प्रवक्ता डिएसपी केदार खनालले बताए। ुमंगलबार दुईविरुद्ध किटानी मुद्दा दायर भएको छ। उनिहरु सम्पर्कमा छन्। चाँडै प्रहरीको नियन्त्रणमा हुन्छन्।ु प्रवक्ता खनालले भने।

सोमबार क्रान्तिकारीका केन्द्रीय सदस्य चन्द्रकान्त भट्ट र अखिल छैठौंका केन्द्रीय सदस्य महेश जोशीसँगै बैठकमा आएका विरेन्द्र बिष्ट र बिष्णु थापाले बैठक चलिरहेका बेला जिशिअ धामीलाई एक्कासी कालोमोसो लगाएर हातपात गरेको कर्मचारीहरुको भनाइ छ। तर, प्रहरीले किटानी जाहेरीमा उल्लेख गरिएका दुई जनाको नाम अहिले सार्वजनिक गर्न नमिल्ने बताएको छ।

यसैबीच अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष भीम भट्ट र सचिव विरेन्द्रराज बिष्टले संयुक्त रुपमा विज्ञप्ती जारी गरी उक्त घटनामा आप्mनो संगठनको कुनै संलग्नता नरहेको दाबी गरेका छन्। क्रान्तिकारीले शिक्षा अधिकारी धामीमाथि भएको अमानवीय व्यवहारको विरोध गर्दैै दोषीमाथि कानुनी कारवाही गर्नुपर्ने मागसमेत गरेको छ। 

घटनापछि मंगलबार शिक्षा कार्यालयका कर्मचारीले संलग्न व्यक्तिलाई पक्राउ गर्नुपर्ने माग राख्दै दिनभर कामकाज ठप्प पारे। शिक्षा कार्यालयका सहायक जिशिअ पुष्कर भट्टले घटनाका दोषी नसमातिए बुधबारदेखि कालोपट्टि बाँधेर विरोध गरिने जनाए। 

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया