Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

भूकम्प प्रभावित विद्यार्थीलाई निःशुल्क !

मंगलबार, १४ बैशाख २०७३

काठमाडौँ, १४ बैशाख । गत वर्ष भूकम्प गएको समय पारेर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आङ्गिक क्याम्पस स्कुल अफ हेल्थ साइन्स भरतपुर चितवनमा आइतबारबाट भूकम्प प्रभावित छात्रवृत्ति कार्यक्रमअन्तर्गतको पढाइ सुरु गरिएको छ ।  

परिषद्का उपाध्यक्ष डा कुलबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सरकारले भूकम्प प्रभावित १४ जिल्लाका ५०० विद्यार्थीलाई आवासीयसहित सुविधाको छात्रवृत्तिमा प्राविधिक शिक्षा पढाउँदै छ ।  

स्कुल अफ हेल्थ साइन्समा फार्मेसीका ४० जना र सामान्य चिकित्साका ४० जना अध्ययन गर्दै छन् । जसमध्ये ३३ जना छात्रा रहेका छन् । सो अवसरमा बस्नेतले प्रकृतिसँग जुध्दै र प्रविधिसँग सङ्गत गरेर अघि बढ्नुपर्ने बताउ । उनले आपत्तिले सिर्जना गरेको अवसरलाई सही सदुपयोग गर्न विद्यार्थीलाई आग्रह समेत गरे । परिवारमा परेको पीडाबाट विचलित नभई तीन वर्षसम्म दत्तचित्त भएर अध्ययन गर्न उनको आग्रह थियो ।  

प्राविधिक शिक्षा अध्ययन गर्नेले शतप्रतिशत रोजगार पाउने भन्दै उनले भने “तपाई र तपाईको परिवारको भत्केको मनलाई सम्हाल्दै जीवनको नयाँ गोरेटोतर्फ लम्कनुहोस्” । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले गत वर्षको जस्तो त्रासदी अब कहिल्यै नहोस् भन्दै दुःखमा पनि सुखको सङ्केत हुने हुँदा यो अवसरलाई अधिकतम उपयोग गरेर आफ्नो खुट्टामा आफैँ उभिन आग्रह गरे ।  

सो अवसरमा कलेजका प्राचार्य अचुत दाहालले सक्दो सहयोग क्याम्पसका तर्फबाट हुने बताउँदै दत्तचित्त भएर अध्ययन गर्न विद्यार्थीलाई आग्रह गरेका थिए ।  

रासस 

 

प्रतिक्रिया