Edukhabar
विहीबार, १० असोज २०८१
गतिविधि

परीक्षामा गल्ती नगर्न विद्यार्थीलाई प्रशिक्षण 

सोमबार, १३ बैशाख २०७३

काठमाडौँ – परीक्षामा हुने गल्ति र तयारीका बारेमा दैलेखमा विद्यार्थीलाई प्रशिक्षण दिईएको छ । “परीक्षार्थीहरुले परीक्षामा गर्ने गल्तीहरु र त्यसलाई सुधार गर्ने उपायहरु” विषयमा त्रिविका सह—प्राध्यापक इन्द्र लाल शर्माले शुरु गरेको प्रशिक्षण कार्यक्रम दैलेखमा पनि चलाइएको हो ।  

सो प्रशिक्षण कार्यक्रम देशभरका शिक्षा शास्त्रका क्याम्पसहरुमा संचालन गर्ने क्रममा वैशाख ७ गते दैलेख जिल्लाको सदरमुकाममा अवस्थित नारायण क्याम्पसमा र वैशाख ९ गते दुल्लुमा अवस्थित द्रोणाचल क्याम्पसमा प्रशिक्षण कार्यक्रम चलाइएको थियो ।  

देख्दा सानो लाग्ने र सामान्य ध्यान दिदाँ मात्रै सुधार गर्न सकिने समस्याका बारेमा उनले विद्यार्थीलाई सिकाएका थिए । कार्यक्रममा सहभागि विद्यार्थीले प्रशिक्षण फलदायी भएको बताए । प्रशिक्षणमा क्याम्पस प्रमुख लगायत क्याम्पस ब्यवस्थापनका प्रतिनिधिहरुको समेत उपस्थिती थियो । 

शर्माले यससम्बन्धिको प्रशिक्षण अहिले सम्म १७ जिल्लाका ४७ वटा शिक्षा शास्त्रका  क्याम्पसहरुमा दिईसकेका छन् ।

प्रकाशित मिति २०७३ बैशाख १३ गते । 

 

प्रतिक्रिया