Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

जनोपयोगी शिक्षा नीति आउँछ : शिक्षामन्त्री 

आइतबार, १२ बैशाख २०७३

काठमाडौँ, १३ वैशाख । सरकारले विगतका अनुभव र शिक्षा क्षेत्रमा भएका उपलब्धिको प्रभावलाई मूल्याङ्कन गर्दै जनोपयोगी शिक्षा नीति निर्माण गर्ने तयारी गरिरहेको छ ।  सन् २०३० सम्ममा नेपालमा आवश्यक पर्ने प्राविधिक र अन्य जनशक्ति अध्ययन गरी नीतिगत रुपमा उपयोगी ढङ्गबाट आवश्यक जनशक्ति उत्पादनका लागि काम थालिने छ ।  

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जिल्ला शिक्षा कार्यालय चितवनले आइतबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा शिक्षाको नीतिमा सुधार गरेर मात्र शिक्षा क्षेत्रको विकास गर्न सकिने बताए । उनले सबैका लागि शिक्षा व्यावहारिक बनाउनाक साथै अनुसन्धानमुखी र प्रविधिमैत्री शिक्षा बनाइने र अहिले देखापरेको समकक्षताको समस्या समाधान गर्ने तर्फ आपूm लागिपरेको जानकारी दिए । 

गत वर्षको भूकम्पका कारण ३२ दिन र नाकाबन्दीका कारण ५४ दिन विद्यालय बन्द भएको भन्दै उहाँले सो समयमा पनि रेडियो, एफएम, टेलिभिजन, मोबाइल एप्स र सहयोगी पुस्तिका मार्फत केही हदसम्म विद्यार्थीले अध्ययन गरेको बताए । उहाँले क्रमशः ११, १२ हुँदै ८ र ९ कक्षामा पनि अक्षराङ्क नतिजा पद्धति अवलम्बन गरिने दाबी गरे ।

 रासस 

 

प्रतिक्रिया