Edukhabar
विहीबार, १० असोज २०८१
खबर/फिचर

एउटा विद्यालयलाई १६ लाख रुपैंया दिईने

आइतबार, १२ बैशाख २०७३

ललितपुर - सरकारले भूकम्प अति प्रभावित १४ जिल्लाका १ सय २५ विद्यालय भवन निर्माणका लागि प्रति विद्यालय १६ लाख रुपैंया दिने भएको छ । भूकम्पको एक बर्षको दिनलाई स्मृति दिवसका रुपमा मनाउने सरकारी निर्णय अनुसार शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आईतबार उक्त घोषणा गरेका हुन् ।

अस्थायी सिकाइ केन्द्र अपगे्रट कार्यक्रम अन्र्तगत पुननिर्माण प्राधिकरणबाट उपलब्ध २० करोड रुपैंया बाट उक्त रकम वितरण गरिने भएको हो ।

विद्यार्थीले एक शैक्षिक सत्र भत्केको विद्यालयमै विताए पनि शिक्षा मन्त्रालय भने नयाँ नयाँ योजना बनाउनमै ब्यस्त छ ।

सिङ्गो शैक्षिक सत्र भत्किएकै भवनमा बित्यो, सरकार भने योजना बनाउन थाकेन

पाटन उच्च माविमा भएको कार्यक्रम घोषणा सभामा मन्त्री पोखरेलले विद्यालय निर्माणका लागि आवश्यक श्रोत जुटाउन लागि परेको बताए ।

प्राधिकरणबाट उपलब्ध रकमले क्षती भएका सबै विद्यालय निर्माण असन्भव भएकाले पहिलो चरणमा अति आवश्यक विद्यालय छनौट गरेर रकम वितरण गर्न लागेको आयोजना कार्यान्यवन इकाइ प्रमुख तथा मन्त्रालयका सहसचिव इमनारयण श्रेष्ठले एडुखबरलाई जानकारी दिए । 'आवश्यकता अनुसार जिल्ला शिक्षा कार्यालयले छनौट गर्ने विद्यालयलाई दिईने उक्त रकमबाट उनीहरुले २ कोठे प्री फ्याव वा आधारभूत शिक्षा परियोजना अन्र्तगत जाईकाले बनाईदिएको भवनको मर्मत वा स्थानीय सामग्रीबाट भवन निर्माण गर्न सक्नेछन्' उनले भने, 'यसरी बनाईने विद्यालयको ढाँचा र रकम निकासा संग संगै हुने छ ।'

एक हप्ता भित्र उक्त रकम निकासा गर्ने तयारी रहेको उनले बताए ।

प्रकाशित मिति २०७३ बैशाख १२ गते

प्रतिक्रिया