Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

मनमोहन प्रावि शिलान्यास

आइतबार, १२ बैशाख २०७३

काठमाडौँ, १२ वैशाख । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका १० स्थित मनमोहन प्राविको स्तरोन्नतिसँगै नयाँ थप विद्यालय भवनको शिलान्यास गरिएको छ ।  भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले विद्यालयको थप निर्माण हुने भवनको शिलान्यास गर्दै सबै नेपालीका सन्तानले अब शिक्षामा मौलिक हकका रुपमा सहज ढङ्गले पहँुच पाउने विश्वास व्यक्त गरे । 

मन्त्री सुब्बाले गरिबी वा अन्य कारणले बालबालिकालाई विद्यालय बाहिर राखिनुपर्ने अवस्थाको अन्त्य गरिने कार्यमा समाजले पनि ध्यान दिन जरुरी रहेको बताए ।  कार्यक्रममा इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले उपमहानगरपालिका क्षेत्रका कोही पनि बालबालिका शिक्षा प्राप्तिका लागि विद्यालय बाहिर नरहून् भनेर निगरानी गरिइरहेको बताए ।

जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रु १९ लाख ५० हजार तथा स्थानीय स्रोत एवम् जिविसबाट प्राप्त रु १४ लाखसहित रु ३३ लाख ५० हजारको लागतमा सो भवनको निर्माण हुने बताइएको छ ।  थप विद्यालय भवनको निर्माणसँगै अब मनमोहन प्राथमिक विद्यालयको स्तरोन्नति भई निमाविका रुपमा कक्षा सञ्चालनमा आउने बताइएको छ ।  

रासस 

 

प्रतिक्रिया