Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

पुस्तक दिवसमा विभिन्न भाषाका कृति साटासाट

आइतबार, १२ बैशाख २०७३

काठमाडौँ, १२ वैशाख । विश्व पुस्तक दिवसका अवसरमा विभिन्न लेखक तथा साहित्यकारले आफ्नो मनपर्ने कृति एक अर्कालाई वितरण गरेका छन् ।   काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाली, मैथिली, नेवारी र हिन्दी भाषामा लेखिएका पुस्तकलाई कलात्मक ढङ्गले छोपेर गोला प्रथाबाट विभिन्न साहित्यकारलाई बाँडिएको हो । विभिन्न साहित्यकारकाबीच ३० पुस्तक साटासाट गरिएको हो ।  

सोही कार्यक्रममा प्रा डा सनतकुमार वस्तीले तरुण तपस्वीको कविता बाचन गर्दै प्रकाशक र लेखकका बीच सुमधुर सम्बन्ध विस्तार गर्न पुस्तक दिवसले सहयोग पु¥याउने बताए ।  मदन पुरस्कार विजेता अमर न्यौपानेले विपी कोइरालाको चन्द्रवदन नामक कथाको एक अंश वाचन गर्दै साहित्य क्षेत्रमा सर्वसाधारणको आकर्षण बढेमा पठन संस्कृतिको विकास हुने विश्वास व्यक्त गरे ।  

साहित्यकार प्रकाश सायमीले स्पेनबाट सुरु भएको सो दिवस नेपालमा सन् २००५ देखि सो दिवस मनाउन थालिएको जानकारी दिँदै जन्मदिन तथा शुभ कार्यक्रममा पुस्तक उपहार दिने चलन सुरुवात गर्नुपर्नेमा जोड दिए ।  लेखक तीर्थराज वन्तले ‘बुद्ध यही देशमा जन्मेका’ तथा भीष्म उप्रेतीले ‘अन्नपूर्णको सेरोफेरो’ नामक कृति कार्यक्रममा सहभागी सबै लेखक तथा साहित्यकारलाई उपहारस्वरुप प्रदान गरियो । 

 सेक्सपियर तथा विश्व प्रसिद्ध साहित्यकारको जन्मदिन पर्ने गर्दछ । सोही कार्यक्रममा स्पेनमा करिब १० लाख युवाले आज युवतीलाई पुस्तक उपहार दिने तथा युवतीले युवालाई फूल दिने कार्यक्रम रहेको जानकारी गराइएको थियो ।  

रासस 

 

प्रतिक्रिया