Edukhabar
विहीबार, १० असोज २०८१
खबर/फिचर

शिक्षकले बेलूकाको ४ कतिबेला बज्छ भनेर पढाउनुभएन : नायिका प्रियंका कार्की 

शनिबार, ११ बैशाख २०७३

नेपाली फिल्म क्षेत्रमा अहिलेकी निकै व्यस्त र चल्तीका नायिका प्रियंका कार्कीको स्कुल भोगाई शनिबार विशेषमा 

– विष्णु विवेक /  स्कुल पढ्दै गरेको विद्यार्थीले शिक्षकलाई कसरी लिन्छ होला ? उत्तर आउँछ, गुरु वा जीवनको मार्गदर्शकका रुपमा लिन्छ । तर विद्यार्थीले शिक्षकलाई बुझ्ने धारणा  यति मात्र हुदैन् । 

एउटा विद्यार्थीले आफुलाई पढाउने शिक्षकलाई आफ्नो भविष्यको निर्माताका रुपमा लिने गर्छन् । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा एक नम्बर चल्तीकी नायिका प्रियंका कार्कीका नजरमा शिक्षक शिक्षक मात्र नभएर विद्यार्थीका भविष्य पनि हुन् । 

‘धेरैका लागी शिक्षक विद्यार्थीलाई बाटो देखाउने पथप्रदर्शक मात्र होलान् । तर वास्तवमै शिक्षक एउटा त्यस्तो भविष्य हो । जसले बर्षौपछिको सम्भावनालाई आखँै अगाडी राखिदिन्छन्’ उनले भनिन् ‘त्यसैले शिक्षकले आफु शिक्षक मात्रै हुँ र विद्यार्थीले पनि आफुलाई विद्यार्थीका रुपमा मात्र लिनुहुदैन् ।’ 

पछिल्लो समय शिक्षक भनेका विद्यालयमा एउटा भएपनि ‘पिरियड’ लिने वा नोट लेखाईदिने शिक्षकको संख्या बढ्दै जादा नायिका प्रियंकालाई भने दुःख लाग्छ । किनकी शिक्षक ती भविष्य हुन् जसले किताबी ज्ञानसंगै जीवनलाई वास्तविक रुपमा जिउन सिकाउँछन् । तर त्यो हिजोआज निकै कम पाइन्छ ।

‘शिक्षक भन्ने शब्द आफैमा धेरै सम्मानित शब्द हो । बुवाआमापछि शिक्षक नै सम्पुर्ण जीवनको सही मार्गदर्शक हो । शिक्षकले किताबी ज्ञानसंगै विद्यार्थीसंग भएको क्षमतालाई चिनेर त्यस बाटोमा अगाडी बढ्न प्रेरित पनि गर्नुहुन्छ । त्यै प्रेरणाले विद्यार्थी सफल हुने हो, भइरहेका पनि छन् । तर दुःख लाग्छ हिजोखाज कागजमा कसले कति नम्बर ल्याउने मात्रै होडबाजी चल्छ ।’ उनले भनिन् ।

२०६३ सालमा एसएलसी दिएकी प्रियंका कक्षाकोठामा अब्बल विद्यार्थी थिइन् । कक्षाकोठामा अब्बल प्रिंयका त्यही बलले ए लेभलको पढाई पढिन् । 

स्कुलदेखि ए लेभलसम्म रातो बंगला स्कुल पढेकी प्रियंकालाई शिक्षकलाई सबैभन्दा बढी सम्मान गर्छिन् । बाल्यकालका धेरै घटनामा उनलाई शिक्षकले आफ्नो भविष्यका बारेमा भनेको र तिमी गर्न सक्छौँ भन्ने प्रेरणा नै आफु सफल हुनुको मुख्य कारण लाग्छ ।

‘म आमाबुवा पछि मेरा आदरणीय गुरुलाई धेरै सम्मान गर्छु । किनकी उहाँले त्यतिबेला देखि नै मेरो क्षमताअनुसारको प्रेरणा दिएर गर्न सक्छौँ, गरेपछि सफल हुन्छौ भनेर नै आज यो स्थानसम्म पुगेकी जस्तो लाग्छ । 

‘फिल्म मेकिङ’ पढ्न अमेरिका

रातो बंगलामा ए लेभलको कोर्स सकाएपछि अहिलेकी व्यस्त र चल्तीकी नायिका प्रियंका ‘फिल्म मेकिङ’ पढ्न अमेरिका हानिइन् ।

‘अमेरिका नै जाने मन त होइन् । तर त्यतिबेला नेपालमा त्यस्तो कुनै कलेज थिएन् । जहाँ हामीले फिल्म मेकिङबारे पढ्न सक्थ्यौँ । त्यसैले विदेश जानुको विकल्प थिएन् ।’ ६ बर्षसम्म अमेरिकामा ‘फिल्म मेकिङ’ अध्ययनबारे प्रियंकाले भनिन् ‘अमेरिकामा पढ्दा जुन किसीमको उच्च प्रविधि र व्यवस्थापनमा पढाइयो । त्यो मेरो जीवनको सबैभन्दा ठूलो प्राप्ती जस्तो लाग्छ । किनकी मैले अन्तराष्ट्रिय स्तरको फिल्म मेकिङ कोर्स पढ्न पाएँ ।’

नेपालमा फिल्म मेकिङबारेको अध्ययन अहिले पनि भरपर्दो र गुणस्तरीय नभएको प्रियंकाको तर्क छ । 

‘हामीसंग अहिले पनि पढाई हुने फिल्म मेकिङ उच्चस्तरको छैन् । किनकी अहिले दर्शकले जुन किसिमको आधुनिक फिल्म र त्यसको प्रस्तुती खोजेका छन् । त्यसमा हामीसंग भएको पढाई शैली, कोर्स र प्रविधिको निकै कमी छ । पहिलेभन्दा धेरै विकास भएपनि प्रविधिको प्रयोग र अध्ययन अझै पुगेको छैन् ।’

‘मेरो बेस्ट फ्रेण्ड’बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी प्रियंका ‘थ्री लभर्स’ फिल्मबाट दर्शकमाझ आएकी हुन् । हालसम्म करिब पाचँ दर्जन फिल्म खेलिसकेकी नायिका प्रियंकाका धेरै फिल्म चर्चित र सुपरहिट छन् । 

पढेर डाक्टर इन्जिनियर नै बन्नुपर्छ भन्ने सोच त्याग्नुपर्छ 

हालै मात्र प्रदर्शनमा आएको ‘हाउ फन्नी’ फिल्ममा समेत मुख्य अभिनेत्रीको भूमिकामा रहेकी प्रिंयका पढेर डाक्टर, इन्जिनियर र पाइलट नै बन्नुपर्छ भन्ने सोच त्याग्नुपर्ने बताउँछिन् । 

‘पढेपछि डाक्टर इन्जिनियर र पाइलट नै बन्नुपर्छ भन्ने छैन् । आफुलाई मन लागेको विषय पढ्नुपर्छ । आफुलाई जुनमा रुचि छ त्यही विषय पढ्दा आफु सफल भइन्छ । नभए त असफल मात्र होइन् जीवन नै बर्बाद पनि हुन्छ ।’ उनले भनिन् ।

मिस टिन भएपछि अभिनयमा खुलेर लागेकी नायिका प्रियंका सानैमा नाच्न र अभिनय गर्न निकै रहर गर्थिन । यसका लागी शिक्षकको नै भूमिका धेरैहदसम्म जिम्मेवार रहेको उनको भनाई छ । 

शिक्षकले ४ कतिबेला बज्छ भनेर पढाउनुभएन् 

शिक्षकले कक्षाकोठमा पढाउने मात्रै नभएर हरेक बालबालिकाको जीवनको बारेमा अध्ययन गर्ने र गराउने जिम्मेवारी पनि बोकेको उनको भनाई छ । 

‘हरेक बालबालिकाको भविष्य शिक्षकको हातमा हुन्छ । यदि अलिकति पनि तलमाथी भयो भने त्यसले बालबालिकाको मनोविज्ञानमा नराम्ररी असर पार्छ’ उनले भनिन् ‘तर हिजोआज प्राय सरकारी विद्यालयमा बेलुकाको ४ कतिबेला बज्छ भनेर शिक्षक नै घण्टी कुरेर बसीरहनु भएको हुन्छ । यसले विद्यार्थीको प्रभावकारी सिकाईमा उपलब्धी ल्याउदैन् ।’

शिक्षकले घडीको समय हेरेर भन्दा विद्यार्थीको सिकाईप्रतिको भावना हेरेर पढाउनुपर्ने उनको तर्क छ । शिक्षकले शिक्षणमा आफुलाई समर्पित नगरेसम्म विद्यार्थीले राम्रोसंग सिक्न नसक्ने पनि उनी ठोकुवा गर्छिन् । 

‘शिक्षक जो बालबालिका लागी साच्चिकै भगवान हुनुुहुन्छ । उहाँहरुमध्ये धेरैजसो पढाउन त पढाउनुहुन्छ । तर पढाएजस्तो मात्रै गर्नुहुन्छ । मैले कति धेरै देखेको र सुनेको पनि छु । आफैले केही विषय पढ्दा भोगेको पनि छु । जबसम्म काममा समर्पण हुन्न । तबसम्म त्यो काममा सफल र उत्कृष्ट बन्न सकिन्न । त्यसैले विद्यार्थीको सिकाईमा शिक्षक समर्पण भएमात्र विद्यार्थीले आफ्नो भविष्य उज्यालो बनाउन सक्छ ।’ उनले भनिन् । 

 

प्रकाशित मिति २०७३ बैशाख ११ गते । 

 

 

प्रतिक्रिया