Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

‘मैले तिर्ने कर  शिक्षामा लगाउने रहर’ अभियान शुरु

शनिबार, ११ बैशाख २०७३

काठमाडौँ, ११ वैशाख । ‘मैले तिर्ने कर  शिक्षामा लगाउने रहर’ भन्ने नाराका साथ आइतबारदेखि मुलुकभर विश्वव्यापी कार्य सप्ताह–२०१६ मनाइँदैछ ।  शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले शुक्रबार पत्रकार सम्मेलन गरी शिक्षाको मौलिक हकको कार्यान्वयन र बजेट वृद्धि जस्ता सवालमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्न सप्ताह मनाउन लागिएको जानकारी दिएको छ । 

आइतबार ३ बजे भद्रकालीबाट र उपत्यका बाहिर पनि विभिन्न ठाउँबाट ¥याली निकालेर सप्ताहको शुभारम्भ गरिनेछ ।  एनसिइ नेपालका अध्यक्षका राजकुमार गन्धर्व अनुसार शिक्षाका लागि विश्वव्यापी अभियानले यही अप्रिल २४ देखि ३० सम्म अभियान मनाउनेछ । नेपालमा सन् २००३ देखि यो सप्ताह मनाउन थालिएको हो । 

सबै बालबालिकाले समान र समतामूलक रुपमा गुणस्तरीय शिक्षा पाउनुपर्ने र त्यसका लागि कुल बजेटको कम्तीमा २० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनको छ प्रतिशत लगानी हुनुपर्ने माग अभियानको छ । 

अपाङ्गता भएकालाई विद्यालय ल्याइनुपर्ने 

प्लान इन्टरनेसनल, अस्ट्रेलियन एड र नेपाल अपाङ्ग महासङ्घले शुक्रबार यहाँ आयोजना गरेको एक कार्यक्रममा विद्यालय बाहिर रहेका ३।४ प्रतिशत अपाङ्गता भएका विद्यार्थीलाई घरबाट विद्यालयसम्म पु¥याउन र विद्यालयमा टिकाइ राख्न सरकारले कार्यक्रम ल्याउनुपर्ने सहभागीहरुले बताए ।  

कार्यक्रममा शिक्षा विभागका उपनिर्देशक गणेशप्रसाद पौडेलले अपाङ्गता भएका बालबालिकाको भर्ना, निरन्तरता र अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै अपाङ्गता भएका विद्यार्थीका लागि सरकारले व्यवस्था गरेको आवासीय छात्रवृत्ति, सहयोगी सहायता सेवा छात्रवृत्ति, यातायात सेवा छात्रवृत्ति, शैक्षिक सामग्री छात्रवृत्तिबारे जानकारी दिए ।  

त्यसैगरी सञ्चारकर्मी प्रकाश सिलवालले ‘अपाङ्गता भएका बालबालिकाको शिक्षा र सञ्चार’ विषयमा एक कार्यपत्र प्रस्तुत गर्दै विद्यालय भर्ना अभियानमा अपाङ्गता भएका बालबालिकालाई समाहित गर्न एक हजार ५३ स्रोतकेन्द्र, ३६० वटा स्रोत कक्षा र ३१ वटा विशेष विद्यालय र जिल्लास्थित लेखाजोखा केन्द्र परिचालन गर्न लागिएको जानकारी दिए । 

राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका बालबालिकामैत्री शिक्षक, परीक्षा र मूल्याङ्कन प्रणालीका आवश्यकता औल्याए । 

रासस 

 

प्रतिक्रिया