Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

महायज्ञमा उच्च माविलाई ६ लाख संकलन

शुक्रबार, १० बैशाख २०७३

काठमाडौँ, १० वैशाख । पृथ्वी उच्च माध्यमिक विद्यालय बडागाँउ–६ गुल्मीमा सञ्चालन भएको ज्ञान महायज्ञमा रु ६ लाख बराबरको आर्थिक सङ्कलन भएको छ ।  महायज्ञको चौथो दिनसम्म ६ लाख रुपैयाँ चन्दा सङ्कलन गरिएको ज्ञान महायज्ञ मूल समारोह समितिका संयोजक हरिप्रसाद घिमिरेले जानकारी दिएका छन् । 

विद्यालयको भौतिक, आर्थिक सम्पन्नता तथा शैक्षिक गुणस्तरका लागि ज्ञान महायज्ञ सञ्चालन गरिएको समेत संयोजक घिमिरेले जानकारी दिए ।  

यही बैशाख ५ गतेदेखि सुरु भएको सप्ताह ज्ञान महायज्ञ आगामी १२ गतेसम्म सञ्चालन हुने संयोजक घिमिरेले जानकारी दिए । यज्ञमा पण्डित रामचन्द्र तिमिल्सिनाबाट प्रवचन भइरहेको छ । 

रासस 

 

 

प्रतिक्रिया