Edukhabar
विहीबार, १० असोज २०८१
खबर/फिचर

शिक्षक सेवा आयोगद्धारा नतिजा सार्वजनिक

विहीबार, ०९ बैशाख २०७३

भक्तपुर - शिक्षक सेवा आयोगले माध्यमिक तह प्रथम श्रेणीको २५ प्रतिशत आन्तरिक प्रतियोगितात्मक बढुवाको नतिजा सार्वजनिक गरेको छ ।

नतिजाका लागि : http://www.tsc.gov.np/

विभिन्न ११ जिल्लाका लागि गत फागुन १६ गते लिईएको परीक्षामा उत्तीर्ण हुनेहरुको अन्र्तवार्ता आउँदो २९ गते बुधबार हुने छ । अन्र्तवार्ता विहान ८ बजे देखि शिक्षक सेवा आयोग सानोठिमीमा हुने आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए ।

५ बर्ष सेवा अवधि पुगेका स्थायी शिक्षकहरु उक्त प्रतिस्पर्धामा सहभागि भएका थिए । कैलाली, प्यूठान, बझाङ्, स्याङ्जा, रौतहट, सप्तरी, चितवन, पर्वत, पाल्पा, पर्सा र भोजपुरका शिक्षकहरु उक्त प्रतिस्पर्धामा सहभागि थिए ।

प्रकाशित मिति २०७३ बैशाख ९ गते
 

प्रतिक्रिया