Edukhabar
विहीबार, १० असोज २०८१
खबर/फिचर

खै पुस्तक ?

विहीबार, ०९ बैशाख २०७३

दाङ - शिक्षा मन्त्रालयले ठूलै तामझामका साथ भर्ना संगै निःशुल्क पाठ्य पुस्तक वितरण अभियान चलाईराखे पनि जिल्लामा अझै पर्याप्त पाठ्यपुस्तक पुगेको छैन ।

प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु र मन्त्रीहरुलाई समेत पाठ्यपुस्तक वितरणमा सहभागि गराउने निर्णय भएको छ ।

भर्ना अभियानको नौटंकी, शिक्षा मन्त्री देखि पूर्व प्रधानमन्त्रीकै क्षेत्र विद्यालय बाहिर बालबालिका रहनेमा अग्रणी

तर, अभियान शुरु भएको एक हप्ता हुन लाग्दा समेत जिल्लामा २० हजार वढि पुस्तक सेट अपुुग रहेको छ ।

'हामी सवैको ईच्छा, सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नाराका साथ शिक्षा मन्त्रालयले ५ वर्ष देखि १२ वर्षसम्मका बालबालिकालाई विद्यालयमा भित्र्याउन बैशाख २ गते देखि १४ गते सम्म भर्ना अभियान र ५ गते देखि १५ गते सम्मलाई निःशुल्क पाठ्य पुस्तक वितरण अभियानका रुपमा मनाईरहेको छ ।

तर, जनक शिक्षा सामग्री केन्द्रले उपलब्ध गराउनुपर्ने पाठ्पुस्तक यस वर्ष पनि आंशिक रुपमा मात्रै जिल्लामा आएको छ ।

कक्षा ६ र ७ को पुस्तकको धेरै समस्या भएको पुस्तक व्यवसायि महासंघ दाङका अध्यक्ष धनश्याम वरालले जानकारी दिए । त्यसमा पनि कक्षा ६ को लागि मात्रै झण्डै ६ हजार सेट पुस्तक अभाव रहेको र सात कक्षामा पनि समस्या त्यस्तै रहेको उनले बताए ।

प्राथामिक तहका लागि पुस्तकको समस्या नभएको भए पनि अन्य तहको समस्या धेरै छ । प्राथमिक तहका लागि गत वर्षको स्टक र अहिले पनि पुस्तक आएकाले समस्या नभएको  बरालले बताए ।
जनक शिक्षाले प्राप्त पुस्तक उपलब्ध नगराउँदा र पुस्तक लिन नेपालगञ्ज जानुपर्ने  भएकाले पनि बढि समस्या भएको व्यवसायीहरु बताउँछन ।

जिल्ला शिक्षा अधिकारी रमेश प्रसाद मैनाली विगतको जस्तो पुस्तक अभाव नरहेको दावी गरेका छन् । जिल्लामा प्रावि तहमा ५५ हजार सेट पाठ्यपुस्तक , निमावि तहमा ३२ हजार सेट पाठ्य पुस्तक र मावि तहमा १६ हजार सेट पाठ्य पुस्तक  आवश्यक पर्छ ।

पाठ्यपुस्तकको  व्यवस्थापनका लागि विद्यालयलाई आवश्यक रकम फागुन महिनामा नै निकासा गरिएको उनले जानकारी दिए । जिल्लामा प्राथमिक तहका लागि ५९ लाख ३९ हजार ६ सय १७ रुपैया, निमावि तहको लागि १ करोड ४० लाख ८ हजार ५ सय २४ रुपैया, मावि तहको लागि ४७ लाख ३९ हजार ८ सय ७१ रुपैया विद्यालयमा निकासा  गरिसकिएको छ ।

अभियानको दोश्रो चरणमा वैशाख १५ देखि मसान्त सम्म घरदैलो कार्यक्रमम गर्ने विभागले जनाएको छ । यो चरणमा विद्यालय नआउने बालबालिकाको घरमै पुगेर अभिभावकहरुसगं अन्तकृया गरी विद्यार्थीलाई विद्यालयमा भर्ना गर्न लगाउने रहेको छ ।

यो पनि पढ्नुहोस् :

पाठ्य पुस्तक वितरण अभियान : गुनासो सुन्ने व्यक्तिनै उठाउँदैन् फोन !

प्रकाशित मिति २०७३ बैशाख ९ गते

प्रतिक्रिया