Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

राजधानीमै छैनन् पाठ्यपुस्तक, पुस्तक अभावका कारण विद्यालय खुलेनन्

विहीबार, ०९ बैशाख २०७३

काठमाडौँ, ९ बैशाख । शिक्षा मन्त्रालयले मुलुकभर राष्ट्रिय पाठ्यपुस्तक अभियान सञ्चालन गरिरहँदा राजधानीकै सामुदायिक विद्यालयका विद्यार्थीले भने पुस्तक अभावका कारण पढ्न पाएका छैनन् ।

मन्त्रालयले वैशाख ५ गते राष्ट्रिय पाठ्यपुस्तक अदिवस मनाएर मुलुकभर अभियान सञ्चालन गरिरहेको छ ।  राजधानीकै कतिपय विद्यालय पुस्तक अभावमा खुल्न सकेका छैनन् भने खुलेका विद्यालयले पनि पढाइ सञ्चालन गर्न पाएका छैनन् । 

पाठ्यपुस्तक नपाएकै कारण थानकोटस्थित मंगलोदय मावि खुल्न सकेको छैन । पूस्तक खरिदका लागिड स्थानीय विक्रेतालाई चैतमै पैसा बुझाइसकिए पनि अझै पुस्तक हातमा नपरेको विद्यालयका प्रधानाध्यापक लीलानाथ शर्माले बताए । 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया