Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

जनक शिक्षाको अक्षमताले  पाठ्यपुस्तक अभाव

विहीबार, ०९ बैशाख २०७३

काठमाडौँ, ९ बैशाख । देशका विभिन्न भागमा यस वर्ष पनि नयाँ शैक्षिक सत्रको शुरूमा पाठ्य पाठ्यपुस्तक अभाव भएको छ।  यस वर्ष कतिपय जिल्लाहरुमा नयाँ शैक्षिक सत्रको पढाइ शुरु भइसकेको छ । भने कतिपय जिल्लाहरुमा वैशाखको दोस्रो साताबाट नयाँ सत्रको पढाइ शुरु गर्न लागिएको छ। तर, पढाइ शुरु गर्ने समय भैसक्दा पनि देशका विभिन्न भागमा कक्षा ६ देखि १० सम्मको पाठ्य पुस्तक पुगिसकेको छैन। 

जनक शिक्षा सामग्री केन्द्रको लापरवाही र अक्षमताले विगत वर्षहरु जस्तै यस वर्ष पनि पाठ्यपुस्तक सामुदायिक विद्यालय तहाका सम्पूर्ण बालिबालिकाले शैक्षिक सत्रको शुरु मै नपाउने निश्चित बनेको छ। विगत वर्षहरुमा कागजको आपूर्तिमा समस्या देखिएको भन्दै पाठ्यपुस्तक समयमै विद्यालयसम्म पु¥याउन नसकेको केन्द्रले यस वर्ष पनि यस्तै केही वहाना बनाएर जिम्मेवारी पूरा नगर्ने संकेत देखाएको छ। 

'कक्षा ६ र ७ को पाठ्यपुस्तक अझै देशका विभिन्न ठाउँमा अभाव रहेको सूचना हामीलाई धेरैजसो जिल्लाबाट आएका छन्,ु शिक्षा विभागका उपनिर्देशक देविराम अर्यालले भने, ुकक्षा ९ को ऐच्छिक पाठ्य पुस्तक अभाव भएको जानकारी पनि आइरहेको छ।' 

यस वर्षका लागि कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा जनक शिक्षा सामग्री केन्द्रले पाएको छ। तर हालसम्म उसले पाठ्यपुस्तक छापेर सबै जिल्लामा पठाइसकेको छैन। ुजनक शिक्षाले अझै करिब ३१ लाख पाठ्यपुस्तक छाप्न बाँकी रहेको जानकारी हामीलाई दिएको छ,ु अर्याले भने, ुसमयभित्रै आफूले छाप्न नसक्ने पुस्तक निजी मुद्रकहरुलाई कोटेशन माग गरी छाप्न दिएर भए पनि जनक शिक्षाले समयमा नै पाठ्यपुस्तक उपलब्ध गराउने बताएको छ।ु वैशाखको दोस्रो सातासम्म पाठ्यपुस्तक छापि सकेको अवस्थामा पनि त्यसलाई विभिन्न जिल्लामा पु¥याउन समय जाल्ने भएकोले यस वर्ष सबै विद्यार्थीले सबै विषयको सेट पाठ्यपुस्तक समयमै पाउने संभव देखिएको छैन। 

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलका अनुसार यस वर्ष जनक शिक्षा र अन्य निजी मुद्रकहरु गरी कुल १८ ओटा मुद्रकहरुले पाठ्यपुस्तक छाप्न सूचिकृत भई अनुमति पाएका छन् । जनक शिक्षाले ६ देखि १० सम्मका कुल १ करोड ९७ लाख ४५ हजार ७ सय ९९ थान पुस्तक छाप्नुपर्ने छ। भने अन्य १७ वटा निजी मुद्रकहरुले कक्षा १ देखि ५ सम्मका कुल १ करोड ८३ लाख २८ हजार २ सय ९५ थान पाठ्य पुस्तक छाप्नु पर्ने छ। सबै गरी कक्षा १ देखि १० सम्म यस वर्ष ३ करोड ८० लाख ५४ हजार ९४ थान पाठ्यपुस्तक आवश्यक छ। 

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक भने देशभर पुगिसकेको शिक्षा विभागले जनाएको छ। कर्णाली अञ्चलको हुम्ला, जुम्ला र डोल्पा तथा हिमालका मुस्ताङ र मनाङमा भने फागुनमै नयाँ पाठ्यपुस्तक पुगिसकेको विभागले बताएको छ।

विद्यालय तहको पाठ्यपुस्तक तथा पाठ्य सामग्री उत्पादन गर्ने उद्देश्यले नै स्थापना भएको सरकारी स्वामित्वको जनक शिक्षा प्रत्येक वर्ष नाजुक बन्दै गइरहेको छ। नेपालमा सरकारी स्वामित्वका उद्योग कलकारखाना तथा संस्थानहरु धराशयी हुँदै जाने प्रवृत्ति जनक शिक्षाका सन्दर्भमा पनि लागू भएको छ।

जनक शिक्षाले नै पाठ्यपुस्तक छपाइको आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको कारण २०६७ सालमा पाठ्यपुस्तक छपाइसम्बन्धी निर्देशिका मार्फत जनक शिक्षाले नसक्ने अवस्थामा निजी मुद्रकहरुलाई पाठ्यपुस्तक छाप्न दिन सकिने प्रावधान शिक्षा मन्त्रालयले ल्याएको थियो।

(नागरिक दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया