Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

नक्कली भारुको परिवन्दमा ५ नेपाली शिक्षकलार्इ जेल

विहीबार, ०९ बैशाख २०७३

काठमाडौँ, ९ बैशाख ।  नेपाल भारत सीमावर्ती बजार नौतनवामा घरपरिवारका लागि उपहार किन्ने  क्रममा साथमा नक्कली भारु नोट भेटिएपछि स्थानीय प्रहरीप्रशासनले पाँच नेपाली शिक्षकलाई जेल चलान गरेको छ ।  दिल्लीरआग्राको एक साता लामो शैक्षिक धार्मिक भ्रमण पूरा गरेर गत चैत २९ (अप्रिल ११) मा सुनौली नाका हुँदै घर फिर्ने क्रममा रहेका यात्रु शिक्षकले नजिकैको नौतनवा बजारमा उपहार किनमेल गरेका थिए ।  

चितवन नगरपालिका(१२,  दिव्यनगरस्थित युवा माध्यमिक विद्यालयका शिक्षकहरु जीवाखर ढकाल, अम्बिकाप्रसाद घिमिरे, कृष्णचन्द्र सापकोटा, अच्युत घिमिरे (कर्मचारी० र शिवभक्त पण्डित (निवृत्त शिक्षक) नक्कली नोटको परिबन्दमा परेर कानुनी कारबाहीमा परेका हुन् । शैक्षिक भ्रमणमा भने शिक्षक, कर्मचारी तथा तिनका परिवार गरेर २८ जना भारत आएका थिए । नक्कली रुपैयाँ साथमा भेटिएका पाँचबाहेक अरू सबै यात्रु चितवन घर पुगिसकेका छन् । 

थुना पर्नेमध्येका एक आफन्त हाल साउथ एसिया युनिभर्सिटीमा अध्यापनरत युवराज पोखरेलका अनुसार पाँचैजनालाई एक सातायता कानुनी कारबाहीका क्रममा नौतनवा प्रहरीचौकी हँुदै अहिले महाराजगन्ज जिल्ला अदालतमा लगिएको छ । चितवन छँदै स्थानीय एजेन्टमार्फत् साटेको भारतीय पैसामध्ये चार हजार रुपैयाँ नक्कली भेटिएको र त्यही प्रमाणका आधारमा प्रहरीले कारबाही अघि बढाएको आफूले ढिलो गरी जानकारी पाएको पोखरेलले बताए ।  

यो घटनाबारे पोखरेलले नेपाली दूतावासलाई जानकारी गराइसकेका छन् । चैत २३ देखि एक साता लामो बिदा लिएर शैक्षिक भ्रमणमा निस्किएका शिक्षकलाई चितवनकी आरती चौधरी, काठमाडौंका भरत श्रेष्ठ र रामप्रसाद श्रेष्ठले भारु रकम सटही गरिदिएको सूचना नेपाल प्रहरीले पाएको छ । 

सटही गर्नेमध्ये दुईलाई नेपाल प्रहरीले चितवनमा पक्राउ गरेर केरकार अघि बढाइसकेको स्थितिमा ुकारबाहीको परिबन्दमा परेका पाँच शिक्षकलाई थुनामुक्त गराउनु परराष्ट्र मन्त्रालय (काठमाडौं) ले भारतीय दूतावासमार्फत् अनुरोध गरिसकेको जानकारी पोखरेलले दिए ।  

अनाहकमा थुनामा परेका शिक्षकहरुको उद्धारका लागि परराष्ट्र मन्त्रालयले दिल्लीस्थित दूतावासलाई पत्र लेखिसकेको र दूतावासले विदेश मन्त्रालयलाई उद्धारमा आवश्यक समन्वयका लागि अनुरोध गरिसकेको छ । दूतावासका काउन्सेलर एसएसपी यादव खनालले यो प्रकरणमा नेपालीको उद्धार तथा घरफिर्ती समन्वयका लागि दूतावासले कूटनीतिक पहल थालिसकेको जानकारी दिए ।

भारतमा ुनक्कली नोटको कारोबारु सम्बन्धी मुद्दालाई गम्भीर रूपमा लिइने भएकाले अदालती प्रक्रिया पूरा भएपछि मात्रै थुनामा परेका शिक्षकको रिहा स्थिति स्पष्ट हुने देखिएको छ । उत्तर प्रदेशमा पर्ने नौतनवा सहर सीमावर्ती सुनौली भैरवहा नाकाबाट सात किलोमिटरको दूरीमा पर्छ ।  

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया