Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

विद्यालयमा तालाबन्दी

बुधबार, ०८ बैशाख २०७३

काठमाडौँ,  ९ वैशाख । प्रधानाध्यापकले आफूखुसी कर्मचारी नियुक्त गरेको जनाई सप्तरी, शम्भुनाथ नगरपालिका–२ स्थित राष्ट्रिय प्रावि खेरबोनामा तालाबन्दी गरिएको छ । 

विद्यालयका प्रअ कुनदेव यादवले व्यवस्थापन समितिलाई कुनै जानकारी नदिई नीलम यादवलाई कार्यालय सहायकमा नियुक्त दिएको भन्दै विद्यालयमा तालाबन्दी गरिएको व्यवस्थापन समितिले जनाएको छ । 

यादवले सो नियुक्ति खारेज नगरेसम्म तालाबन्दी यथावत् रहने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण मण्डलले बताए ।  प्रअ यादवले आफूले आफूखुसी कर्मचारी नियुक्त नगरी जिल्ला शिक्षा कार्याललाई जानकारी दिएको र यसमा व्यवस्थापन समितिका केही पदाधिकारीको समेत सहमति रहेको बताए । 

विद्यायलमा एक्कासि तालाबन्दी भएपछि विद्यार्थीको पढाइमा असर परेको स्थानीयवासीले बताएका छन् ।  

रासस 

 

प्रतिक्रिया