Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

शिक्षा भ्रष्टाचाररहित हुनुपर्छ : प्रधानमन्त्री

बुधबार, ०८ बैशाख २०७३

काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री एवम् पोखरा विश्ववद्यालयका कुलपति केपी शर्मा ओलीले  समयसापेक्ष गुणस्तरीय शिक्षा वर्तमानको आवश्यकता भएको बताएका छन् ।  पोखरा विविको १३ औँ दीक्षान्त समारोहलाई बुधबार विश्वविद्यालय परिसर लेखनाथमा सम्बोधन गर्दै उनले शिक्षा भ्रष्टाचाररहित, अनुशासित एवम् मर्यादित हुनुपर्नेमा जोड दिए । 

दीक्षित विद्यार्थीलाई राष्ट्रिय हित र समुन्नतिका लागि योगदान गर्न पनि उनले आग्रह गरे । समारोहमा राष्ट्रकवि माधव घिमिरेले शिक्षा अनुसन्धानमूलक हुनुपर्ने बताएका थिए । 

“हामीसँग भएको अपार स्रोतसाधनको उपयोग गर्ने शिक्षा आजको आवश्यकता हो ”, उनले भने ।  विसं २०५४ स्थापित सो विश्वविद्यालयबाट आयोजित समारोहमा स्नातक, स्नातकोत्तर र एमफिलका गरी करिब चार हजार ५०० विद्यार्थी दीक्षित बनेका छन् । 

रासस 

 

प्रतिक्रिया