Edukhabar
विहीबार, १० असोज २०८१
अन्तैवाट

शिक्षकको तलब रोक्का गर्न पत्राचार

बुधबार, ०८ बैशाख २०७३

काठमाडौं ८ बैशाख जिल्ला शिक्षा कार्यालय रौतहटले छात्रवृत्तिको रकम वितरण नगरिएको भन्दै विद्यालयका शिक्षकको तलब रोक्का गर्न पत्राचार गरेको छ । जिल्लाभरिका १ सयभन्दा बढी विद्यालयले लामो समयदेखि दलित तथा छात्राहरूले पाउने रकम नदिएको भन्दै शिक्षाले तलब रोक्काको पत्राचार गरेको हो ।

हरेक वर्ष विद्यालयमा अध्ययनरत दलित तथा छात्रालाई ४ सयका दरले वितरण गर्न शिक्षा कार्यालयबाट निकासा लिए पनि प्राधानाध्यापकले नदिएको गुनासोपछि शिक्षाले चासो देखाएको हो । ‘हामी कुन–कुन विद्यालयले छात्रवृत्तिको रकम वितरण गरेका छैनन् भन्ने यथार्थ विवरण संकलन गर्दै छौं,’ जिल्ला शिक्षा अधिकारी हरि वस्तीले भने, ‘रकम वितरण नगरेको विद्यालयको खाता रोक्का गरी तलब नदिने प्रक्रियामा लागेका छौं ।’ विद्यालयहरूले २ वर्षदेखि छात्रवृत्ति रकम वितरण गरेका छैनन् ।

कान्तिपुर दैनिकमा छापिएको खबर 

प्रतिक्रिया