Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

शिक्षा क्षेत्रमाथि ब्यङ्य (कार्टुन फिचर)

सोमबार, २१ भदौ २०७२

काठमाडौं २१ भदौ / शिक्षा क्षेत्रलाई ब्यङ्य गर्दै कार्टुन प्रदर्शनी शुरु भएको छ । प्रदर्शनीमा राखिएका हरेक कार्टुनले शिक्षाका नीति नियम, शिक्षा क्षेत्रका सरोकारवाला एवं शिक्षा क्षेत्रमा देखिएका विसंगतीलाई ब्यङ्ग गरेका छन् ।

३६ औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा सम्बन्धी कार्टुन “चित्रविचित्र” को प्रदर्शन गरिएको हो । नेपाल आर्ट काउन्सिल बबरमहलमा शुरु प्रर्दशनीमा शिक्षाविद् प्रा. केदारभक्त माथेमाले बनाएको कार्टुन सहित २६ जना कार्टुनिष्टका ५५ वटा कार्टुन राखिएका छन् ।

कार्टुन फिचर

 

 

प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै माथेमाले प्रदर्शनीले नेपालको शिक्षा क्षेत्रको यथार्थ चित्र देखाएको बताए । सामुदायिक विद्यालयको शिक्षा सुधारका बारेमा राज्य गम्भिर हुनु जरुरी रहेको बताउँदै उनले मिल्छ भने कार्टुनलाई शिक्षा मन्त्रालय र संविधान सभा भवनमा समेत प्रदर्शन गरी नीति निर्मातालाई झक्झक्याउनु पर्ने बताए ।

प्रर्दशनीको उद्घाटन गर्दै परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले कार्टुन शिक्षाको शसक्त माध्यम भएको बताए । कार्टुनले मनोरञ्जन मात्रै नदिने बरु मार्मिक सन्देश समेत बोक्ने हुँदा कार्टुनलाई हरदम मजाकको रुपमा नलिन पनि अग्रह गरे ।

३ दिन सम्म चल्ने प्रर्दशनी एलायन्स फर सोसल डायलग र कार्टुनिष्ट क्लब नेपालको संयोजनमा शिक्षा पत्रकार समूहले गरेको हो ।

प्रतिक्रिया