Edukhabar
बुधबार, ०९ असोज २०८१
खबर/फिचर

विद्यालय पुननिर्माणमा सेना

मंगलबार, ०७ बैशाख २०७३

बागलुङ - गत वैशाख १२ गतेको भूकम्पले भत्काएको जिल्लाको पुरानो मध्येको एक विद्यामन्दिर उच्च माध्यमिक विद्यालयको पुननिर्माण नेपाली सेनाले शुरु गरेको छ । सूर्यदल गणका सैनिकहरुले मंगलबार देखि विद्यालयको पुननिर्माण थालेका हुन् ।

‘भूकम्पले क्षति विक्षत बनाएको विद्यालयको पुरानो संरचना भत्काउन नेपाली सेनाले सहयोग गरेको छ’ विद्यालयका प्रअ जगन्नाथ आर्चायले भने, ‘त्यसपछि विद्यालयले नयाँ भवन निर्माण गर्नेछ ।’

पुननिर्माणमा संलग्न एक सैनिक जवानले पुरानो र कमजोर भवनका छानाका ढुंगाहरु थन्काउन कठिन भएको बताए । ‘छानाको लागि प्रयोग गरिएका ढुंगाहरु सुरक्षित किसिमले उठाएर थन्काउन कठिन छ’ उनले भने ‘अरु सामान थन्काउन खासै अप्ठ्यारो देखिदैन ।’

वि.सं. १९९७ मा स्थापना भएको विद्यालयमा बालविकास देखि कक्षा १२ सम्म अध्ययन हुँदै आएको छ । भूकम्पले चर्किएको विद्यालयका भवन गएको वर्षामा भत्किदा तुरुन्तै नयाँ व्यवस्था गरेर पढाइ संचालन गरेको विद्यालयले चार कोठे पक्की भवन तयार गरिसकेको छ । अन्य भवनका लागि पनि स्रोत जुटाइरहेको विद्यालयले जनाएको छ ।

विद्यालयले हालै आफ्नो स्थापनाको ७५ औँ वार्षिकउत्सव मनाएको थियो । 

प्रकाशित मिति २०७३ बैशाख ७ गते  

प्रतिक्रिया