Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

किताब जफत गरेर छानबिन !

मंगलबार, ०७ बैशाख २०७३

काठमाडौँ, ७ बैशाख । पाठ्यक्रम विकास केन्द्रले सरकारले तोकेभन्दा बढी मुल्य राखेर प्रकाशकले पुस्तक विक्री गरेको पाइएपछि छानबिन शुरु गरेको जनाएको छ ।  सरकारको कमजोर अनुगमनको फाइदा उठाउँदै प्रकाशकहरुले मनोमानी रुपमा मुल्य राखेर पुस्तक विक्री गर्दै आएका छन् ।  

यसबाट नीजि विद्यालयमा अध्ययन गर्ने ११ लाख ६० हजार विद्यार्थीका अभिभावकले दुई सय प्रतिशतभन्दा बढी मुल्यमा पुस्तक किन्न बाध्य छन् ।   ‘तोकिएको मुल्यभन्दा फरक छ÷छैन् पत्ता लगाउन बजारबाट पुस्तक ल्याएर अध्ययन शुरु गरिसक्यौँ’ केन्द्रका प्रमुख बाबुराम पौडेलले भने ‘बढी मुल्य लिएको पाइए पुस्तक प्रकाशकहरुलाई कालोबजारीमा कारबाही गर्न प्रशासनसमक्ष सिफारिस गर्छौँ ।’

सरकारले निर्धाण गरेको मुल्यभन्दा बढी लिएमा कालोबजारी र ठगी गरेको ठहरिन्छ । उपभोक्तावादी संघ संस्थाले पनि अभिभावकलाई करोडौँ रुपैँया ठगी गरेको भन्दै मुद्धा दर्ताको प्रक्रिया अगाडी बढाएका छन् ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया