काठमाडौं ५ फागुन / शिक्षा मन्त्रालयले गरेको अध्ययनले स्रोत व्यक्तिको काम प्रभावहिन रहेको फेला पारेको छ । मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गत बर्ष मुलुकभरको प्र्रतिनिधित्व हुने गरी आठ वटा स्रोत व्यक्तिको काम अध्ययन गरेको थियो । स्रोत व्यक्तिले आफ्नो क्षेत्रमा कति विद्यालय भवन निर्माण हुदैछ भन्ने हेक्का समेत नराखेको पाइएको छ । शिक्षा मन्त्रालयले अनुगमन गर्दा श्रोत केन्द्रले कुनै पनि योजनाको अनुगमन गरेको पाइएन ।
त्यस्तै विद्यालयमा गएको अनुदानको सही सदुपयोग भए नभएको पनि उनीहरुलाई थाह नभएको फेला परेको छ ।
अध्ययनमा समाबेश भएका आठ वटा श्रोत केन्द्रमा चितवनको लंकु स्रोत केन्द्रले ७४, सुर्खेतको जनउच्च मावि केन्द्र ६९, दोलखाको हनुमन्ते उच्चमावि ६६, नवलपरासीको शिव उमावि कावासोती ५७, नुवाकोटको त्रिसुली स्रोत केन्द्र ४४, चामे अगुवा स्रोत केन्द्र, मनाङ ४३ र धनुषाको शंकट मोचनले ४१ अंक प्राप्त गरेका छ । ललितपुरको पाटन स्रोत केन्द्रले ६३ दशमलब ५ अंक प्राप्त गरेको छ ।
कुन शीर्षकमा कति नम्बर प्राप्त ग¥यो तालिका हेर्नुस–
केन्द्रले गरेको अध्ययनमा सबै भन्दा उत्कष्ठ अंक ल्याएको चितवनको लंकु स्रोत केन्द्रमा पनि अनुगमनको पाटो कमजोर देखिएको छ । पाठयपुस्तक समयमा उपलब्ध भए नभएको, पाठ्यपुस्तकको अनुदान रकम सही रुपले खर्च भए नभएको, पुरानो पाठयपुस्तक फिर्ता र त्यसको पुस्तकालयमा व्यवस्थापन गरेको अनुगन गरी अभिलेख नभएको अध्ययनले देखाएको छ ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरी छनौट तथा वितरण भए नभएको र लक्षित वर्गले पाए नपाएको पनि अनुगमन नगरेको पाइएको छ । लंकुमा शैक्षिक उपलब्धी अभिलेख व्यवस्था कमजोर पाइएको अध्ययनले देखाएको छ । पाठयपुस्तक र छात्रबृतिमा लेखा परीक्षण बेरुजु अतिरिक्त क्रियाकलापमा कामै भएको छैन । त्यस्तै स्रोत केन्द्र सुधारको योजना समेत छैन । असल अभ्यासको पनि कुनै अभ्यास गरेको छैन ।
जनउच्च मावि सुर्खेतमा विद्यालयमा गएको अनुदानको अनुगमन, बेरुजु र लेखा परिक्षण, स्रोत केन्द्र सुधार, परीक्षा व्यवस्थापनमा हुन सकेको छैन । त्यस्तै शिव उच्च मावि स्रोत केन्द्र कावासोतिमा कार्यमुलुक अनुसन्धान, परीक्षा व्यवस्थापन, निरन्तर विद्यार्थी मुल्याङकन हुन सकेको छैन । प्रतिवेदनमा भनिएको छ, ‘पाठपुस्तकको रकम सदुपयोगको अनुगमन, छात्रबृति वितरणको अनुगमन नभएको भौतिक प्रगतिको अवस्था पनि अनुगमन हुन सकेको छैन ।’ विद्यालयमा उपलब्ध अनुदानको उपयोगको अनुगमन हुन सकेको छैन ।
स्रोत केन्द्र सुधारको योजना निर्माण नै गरेको छैन । परीक्षा व्यवस्थापन सम्बन्धित र कार्यमुलक अनुसनधान पनि हुन सकेको छैन । त्यस्तै समग्रमा स्रँेतको तथ्याङक व्यवस्थापन अभिलेख, शिक्ष्ँकको कार्यसम्पादन मुल्याङकन व्यवस्था हुन सकेको छैन । चामे स्रोत केन्द्रमा पनि अन्यको जस्तै समस्या छ । नमुना पाठ प्रदर्शन जस्ता कार्य पनि कुनै स्रोत केन्द्रमा हुन सकेको छैन ।
दोलखाको हुमन्तेशवर स्रोत केन्द्र कार्यमुलक अनुसन्धान, परीक्षा व्यवस्थापन लगायतमा शुन्य छ । ‘निरिक्षक कार्यक्रम फितलो देखिन्छ भने नमुना पाठ प्रदर्शन गर्ने गराउने काम भएको छैन,’ पूर्व सहसचिव चित्र देवकोटाले पेश गरेको प्रतिवेदनमा भनिएको छ, ‘स्रोत व्यक्तिले डायरीमा मात्र आफ्नो कामलाई सिमति गरेको र कुनै अभिलेख नराखेको पाइयो ।’
स्रोत व्यक्तिले विद्यालयमा उपस्थित हुदाँ आफू केही दिन सक्ने गरी उपस्थित नहुने गरेको सेवाग्राहीकोे गुनासो पाइएको देवकोटाले आफ्नो प्रतिवदेनमा उल्लेख गरेका छन् । स्रोत व्यक्तिको काम डायरीमा मात्र सिमित रहेकोले सक्रिया नपाइएको उनले निष्कर्ष निकालेका छन् ।
त्रिसुली स्रोत केन्द्रमा स्रोत केन्द्र व्यवस्थापन समिति समेत गठन नगरेको अध्ययनले देखाएको छ । त्यस्तै बिषयगत शिक्षक समूहको गठन गरेर बैठक समेत गरेको छैन ।
शैक्षिक सुपरीवेक्षण स्रोत व्यक्तिको मुख्य काम हो । तर, अधिकांश स्रोत व्यक्तिले मासिक ५ देखि ८ विद्यालय अनुगमन गरेको बताएपनि पुष्ट्याई हुने कुनै आधार नभेटिएको अध्ययनमा खटिएका विज्ञहरुले बताए ।
विद्यालय व्यवस्थापनको जिम्मेवारी लिएको स्रोत व्यक्तिले कामै नगरी बस्ने गरेको पाइएको छ । विद्यालयले दिएको तथ्याङ्कलाई अध्यावधिक समेत नगर्ने गरेको अध्ययनले देखाएको छ ।
शैक्षिक योजना निर्माण कार्यन्वयन अनुगमन, तथ्याङ्क व्यवस्थापन, अभिलेख व्यवस्थापन , कार्यक्रम कार्यन्वयन सहजीकरण अनुगमनमा अध्ययन गरेको थियो । यस मध्ये सबै भन्दा कमजोर कार्यक्रम कार्यन्वयन सहजीकरण अनुगमनको पाटो कमजोर पाइएको छ । ८ वटा स्रोत केन्द्रको अध्ययनको क्रममा चितवनको लंकुु, सुर्खेतको जनउच्च मावि स्रोत केन्द्रको काम अन्यको तुलनामा सन्तोषजनक पाइएको अध्ययनले देखाएको छ ।
नुमनाको रुपमा लिएको स्रोत केन्द्रको अध्ययनले स्रोत व्यक्तिले काम गरे नगरेको छर्लङग पारेको छ । शैक्षिक योजना निर्माण गरी कार्यन्वयनको पाटो सबै केन्द्रमा राम्रो पाइएको छ । अधिकांश स्रोत केन्द्रले तथ्याङक संकलन गरेपनि व्यवस्थित नगरेको पाइएको छ । कुन विद्यालयको भर्ना दर, उपस्थिति, उपलब्धी, कक्षा छाड्ने लगायतको तथ्याङक कतिपयले संकलन नै नगर्ने र गरेकाको पनि व्यवस्थित नगरेको पाइएको हो । यसमा चामे, त्रिसुली, शिवमाविमा यस्तो समस्या देखिएको छ । अभिलेख व्यवस्थापनमा शैक्षिक उपलब्धी अभिलेख व्यवस्थापन गर्नु पर्ने हुन्छ । शिक्षक, विद्यार्थी, विद्यालय र विद्यार्थीको सिकाई उपलब्धी अध्यावधिक गर्नु पर्ने हुन्छ । यसमा अध्ययन गरिएको सबै स्रोत केन्द्रले न्यून अंक प्राप्त गरेको छ ।
११ पूर्णाङकमा ६ भन्दा बढी प्राप्त गर्न सकेको छैन । कार्यक्रम कार्यन्वयन सहजीकरण अनुगमनमा ८६ पूर्णाङकमा लङखुले सबै भन्दा बढी ५२ र जनउच्च मावि स्रोत केन्द्रले ५१ ल्याएका छन् । अन्यको न्यून छ ।
सरकारले लागू गरेको कार्यक्रम प्रभावकारी भए नभएको यही सुचकबाट प्रष्ट हुन्छ । यसमा पाठ्यपुस्तक उपलब्ध भए नभएको अनुगमन गर्ने, पाठयपुस्तकको अनुदान सही रुपमा खर्च भए नभएको, पुरानो पाठ्यपुस्तक फिर्ता गरी त्यसको व्यवस्थापन गर्नु पर्ने हुन्छ । त्यस्तै सरकारले प्रदान गर्ने छात्रबृति रकम लक्षित वर्गले पाए नभएको पनि हुेर्नु पर्ने हुन्छ ।
एक आर्थिक बर्षमा निर्माण भएको विद्यालयको भौतिक प्रगति पनि अध्यावधिक गर्नु पर्ने हुन्छ । त्यस्तै विद्यालयमा उपलब्ध गराउने अनुदान सही रुपमा सदुपयोग भए नभएको पनि अनुगमन गर्नु पर्ने हुन्छ । आफनो स्रोत केन्द्र भित्रको विद्यालयमा लेखा परीक्षण भए नभएको अभिलेख राखेर बेरुजु कायम भएका विद्यालयको अभिलेख अध्यावधिक गर्नु पर्ने हुन्छ ।
तर, यो कार्य न्यून मात्रमा गरेको पाइएको छ । स्रोत व्यक्तिले बार्षिक क्यालेन्डर समेत निर्माण नगरेको पाइएको छ । अनुगमनको पाटोमा प्रत्येक महिना १० विद्यालय अनुगमन गरेको हुनुपर्छ तर, यस्तो पाइएको छैन । कार्यमुलक अनुसन्धान त शुन्य रहेको छ ।
तालिका :
;"rs |
;"rssf] If]q |
;"rs ef/ |
;"rs k|fKtfª\s |
||||||||
wg'iff |
lrtjg |
nlntk'/ |
g'jfsf]6 |
bf]nvf |
gjnk/f;L |
dgfª |
;'v{]t |
||||
1=1 |
jflif{s sfo{of]hgf, lgdf{0f / :jLs[t |
3 |
1 |
1 |
3 |
2 |
2 |
3 |
2 |
2 |
|
sfo{j|mdd sfof{Gjog |
1 |
1 |
1 |
1 |
0 |
1 |
1 |
0=5 |
1 |
||
cg'udg |
2 |
1 |
2 |
2 |
1 |
2 |
2 |
0 |
1 |
||
1=2 |
dfl;s sfo{j|mdd tof/L / :jLs[t |
2 |
2 |
2 |
2 |
1 |
2 |
2 |
2 |
2 |
|
sfo{j|mdd sfof{Gjog |
1 |
1 |
1 |
1 |
0 |
1 |
1 |
1 |
1 |
||
cg'udg |
1 |
1 |
1 |
1 |
0 |
1 |
0 |
0 |
1 |
||
2=1 |
tYofª\s ;ª\sng, ;Tofkg, ljZn]if0f, k|sfzg k|af]wLs/0f_ / ;Dk|]if0f |
8 |
5 |
8 |
6 |
3 |
7 |
3 |
3=5 |
5 |
|
3=1 |
z}lIfs pknlAw clen]v Joj:yfkg |
8 |
3 |
3 |
7 |
3 |
1 |
4 |
3 |
2 |
|
3=2 |
sf=;=d"= Joj:yfkg |
3 |
3 |
3 |
3 |
2 |
3 |
0 |
3 |
3 |
|
4=1 |
kf7\oj|md kf7\ok':ts |
5 |
0 |
0 |
1 |
1 |
4 |
2 |
2 |
2 |
|
4=2 |
5fqj[lTt |
2 |
0 |
0 |
2 |
0 |
2 |
0 |
2 |
1 |
|
4=3 |
ef}lts lgdf{0f, dd{t |
2 |
0 |
2 |
2 |
2 |
0 |
0 |
0 |
1 |
|
4=4 |
ljb\ofnodf pknAw cg'bfgsf] pkof]u |
3 |
0 |
2 |
0 |
0 |
0 |
0 |
0 |
0 |
|
4=5 |
n]vfk/LIf0f / j]?h' |
3 |
0 |
0 |
0 |
1 |
3 |
0 |
0 |
0 |
|
4=6 |
cgf}krfl/s lzIff |
2 |
1 |
1 |
0 |
1 |
2 |
1 |
0 |
2 |
|
5 |
lj=Ao=;=÷lz=c=;+ -SMC / PTA ) u7g / lj|mofzLntf |
4 |
0 |
4 |
3 |
2 |
4 |
3 |
4 |
4 |
|
6 |
z}Ifl0fs Sofn]G8/ lgdf{0f / sfof{Gjog |
3 |
1 |
3 |
2 |
3 |
3 |
3 |
0 |
1 |
|
7 |
cltl/St lj|mofsnfk ÷;xsfo{snfk |
3 |
3 |
0 |
2 |
0 |
3 |
3 |
2 |
1 |
|
8 |
a}7s / k|jf]wLs/0f |
4 |
1 |
4 |
2 |
1 |
2 |
3 |
0 |
2 |
|
9 |
;|f]t s]Gb| sfof{no Joj:yfkg |
3 |
3 |
2 |
3 |
3 |
1 |
3 |
2 |
2 |
|
10 |
;/f]sf/jfnfsf] Ifdtf clej[b\lw |
4 |
0 |
4 |
0 |
0 |
4 |
2 |
0 |
4 |
|
11 |
;dflhs k/LIf0f |
2 |
1 |
2 |
2 |
0 |
2 |
1 |
2 |
2 |
|
12 |
ljb\ofno ;'wf/ of]hgf(SIP) |
3 |
0 |
3 |
3 |
1 |
3 |
1 |
0 |
2 |
|
;|f]t s]Gb| ;'wf/ of]hg -RCIP_ |
3 |
|
0 |
0 |
0 |
0 |
0 |
0 |
0 |
||
13 |
z}lIfs ;'kl/j]If0f |
7 |
5 |
7 |
1 |
3 |
2 |
5 |
3 |
5 |
|
14 |
sfo{d"ns cg';Gwfg (Action) Research)- % cª\s _ |
5 |
2 |
4 |
2 |
2 |
0 |
0 |
0 |
4 |
|
15 |
k/LIff Joj:yfkg |
5 |
0 |
4 |
1 |
0 |
0 |
0 |
0 |
0 |
|
16 |
k];fut ljsf;÷ tflnd |
3 |
2 |
3 |
1 |
3 |
3 |
3 |
3 |
3 |
|
17 |
z}lIfs pknlAw clej[b\lw sfo{of]hgf - # cª\s _ |
3 |
0 |
3 |
3 |
1 |
1 |
3 |
2 |
2 |
|
18 |
lg/Gt/ ljb\ofyL{ d"Nofª\sg(CAS)sfof{Gjog / cg'udg |
6 |
1 |
2 |
1 |
4 |
1 |
1 |
4 |
6 |
|
19 |
lzIff lgodfjnLsf] cg';"rL @# adf]lhdsf] vftf sfof{Gjog |
5 |
3 |
2 |
3 |
3 |
4 |
3 |
2 |
4 |
|
20 |
c;n cEof; |
6 |
0 |
6 |
4 |
1 |
2 |
4 |
0 |
4 |
|
21 |
;]jfu|fxL ;Gt'li6 (Client Satisfaction) |
|
0 |
|
|
|
|
|
0 |
||
s'n hDdf !!% |
115 |
41 |
80 |
63=5 |
44 |
66 |
57 |
43 |
70 |
||
:yfg |
8 |
1 |
4 |
6 |
3 |
5 |
7 |
2 |
|||
प्रतिक्रिया