Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

एसएलसीमा सैद्धान्तिक र प्राक्टिकलको फरक ग्रेडिङ हुने

मंगलबार, ०७ बैशाख २०७३

काठमाडौँ, ७ बैशाख । एसएलसी दिएका विद्यार्थीको ग्रेडसिटमा सैद्धान्तिक र प्रयोगात्मक परिक्षाको छुट्टाछुटटै ग्रेडिङ हुने भएको छ ।  बैशाख ६ मा दुबैको ग्रेडिङ एउटै बनाउने निर्णय भएको थियो । एसएलसी परीक्षा बोर्ड बैठकले सैद्धान्तिक र प्रयोगात्मक परिक्षाको फरक ग्रेडिङ गरेर बिषयको एकमुष्ट ग्रेड निकाल्ने निर्णय भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले बताए । 

यसपटकको एसएलसीदेखि ग्रेडिङ पद्धति लागू भएको छ । यसपटक ६ लाख १५ हजार जनाले एसएलसी दिएका छन् । उनीहरूको परिक्षाफल अब ग्रेडिङका आधारमा हुनेछ ।   विद्यालय शिक्षामा अक्षराङकन पद्धति कार्यान्वयन कार्यविधि स्वीकृत भएको पाँच महिनामा तीन पटक संसोधन भइसकेको छ । सैद्धान्तिक र प्रयोगात्मकको फरक ग्रेडिङ नगरी एकमुष्ट गर्दा विद्यार्थीको सही मुल्याङकन नहुने चौतर्फी बिरोध भएपछि सरकारले पुरानो निर्णय सच्याएको हो । 

अब दुई साताअघि परीक्षा सकाएका विद्यार्थीको ग्रेडसिटमा सैद्धान्तिक र प्रयोगात्मकको छुटटा छुटटै ग्रेडिङ गरेको हुन्छ । यसले प्रयोगात्मकका र सैद्धान्तिकमा कुन ग्रेड आयो भन्ने हेर्न सकिन्छ ।  २५ नम्बरको प्रयोगात्मकमा २५ नै आएको छ भने ए प्लस हुन्छ भने सैद्धान्तिकमा ५० ल्याएको छ भने सी प्लस उल्लेख हुन्छ । सैद्धान्तिक र प्रयोगात्मक दुबै नम्बर जोडेर फेरी बिषयको अर्को ग्रेडिङ हुन्छ । जस्तै विज्ञानको प्रयोगात्मकमा २५ र सैद्धान्तिकमा ५० छ भने त्यो बिषयको नम्बर ७५ हुन्छ ।  

ग्रेडिङ गर्दा विज्ञानमा बी प्लस उल्लेख हुन्छ । कार्यविधि अनुसार दुई बिषयमा 'डी' र 'ई' ग्रेड आयो भने तत्काल मौका परीक्षा दिएर सिकाई क्षमता बढाउन सकिन्छ ।  

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया