Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

नमुना क्याम्पस बनाउने सांसदको अठोट

आइतबार, ०५ बैशाख २०७३

काठमाडौँ, ६ वैशाख । स्थापनाको केही वर्ष बित्न नपाउँदै भूकम्पले ठूलो क्षति पु¥याएको नुवाकोटको श्रीकृष्ण क्याम्पसलाई जिल्लाकै नमुना क्याम्पस बनाउने अठोट व्यक्त गरिएको छ ।  नयाँ वर्ष २०७३ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा कलेजको भौतिक पूर्वाधार निर्माणका लागि स्रोत सङ्कलन कार्यक्रममा सहभागी सांसद र त्यस क्षेत्रका व्यवसायीले क्याम्पसलाई नमुना बनाउने प्रतिबद्धता जनाएका हुन् । 

कायक्रममा क्याम्पसलाई भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षाका लागि जिल्लाकै नमुना क्याम्पसका रुपमा विकास र विस्तार गर्न संस्थागत रुपमै हातेमालो गरेर अघि बढ्न तारुकामा स्थायी घर भई काठमाडौँमा विभिन्न पेसा–व्यवसाय गरेर बसेका व्यक्तिबाट सबै खाले सहयोग पु¥याउने विश्वास दिलाइएको छ । 

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कृष्णमान प्रधानको अध्यक्षतामा भएको उक्त स्रोत सङ्कलन कार्यक्रममा आठ सांसद, ६ पूर्वमन्त्री र समाजसेवी दातासमेत १८० जनाको उपस्थिति थियो । सांसदहरु डा प्रकाशशरण महत, राममाया बोगटी र राज्यलक्ष्मी श्रेष्ठले उक्त क्याम्पसलाई जनही एक÷एक लाख सहयोग उपलब्ध गराउने वचन दिए । 

पूर्वपरराष्ट्रमन्त्री एवम् प्राध्यापक महेन्द्र पाण्डे र प्राध्यापक रामेश्वर खनालले नगद तथा भौतिक पूर्वाधार निर्माणमा सहयोग पु¥याउने उद्घोष गरेका थिए ।  शिक्षा सङ्कायअन्तर्गत बिएड तहको कक्षा सञ्चालन भइरहेको उक्त क्याम्पसमा नुवाकोटका तारुका, बुधसिंह, दाङसिंह र धादिङको खाल्टे गाविसका छात्रछात्रा अध्ययन गरिरहेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रधानले जानकारी दिए ।

रासस 

 

प्रतिक्रिया