Edukhabar
बुधबार, ०९ असोज २०८१
गतिविधि

डिजिटल प्रविधिबाट अंग्रेजी सिकाउँदै काउन्सिल 

आइतबार, ०५ बैशाख २०७३

काठमाडौँ – डिजिटल प्रविधिको सहयोगबाट अगं्रेजी भाषामा शिक्षण सिकाई गर्ने ब्रिटिस काउसिलको सात महिने परियोजना सम्पन्न भएको छ ।  अध्ययनमा पछाडी परेका किशोरीलाई अंग्रेजी भाषा सिकाउन काउन्सिलले विभिन्न पाचँ जिल्लामा ‘पाइलोटिङ परियोजना’ शुरु गरेको थियो ।  

गएको भदौदेखि फागुनसम्म ललितपुर, मकवानपुर, काभ्रे, गुल्मी र अर्घाखाँचीमा सञ्चालित परियोजनामा विभिन्न ८० वटा समूह बनाएर सिकाइएको थियो । समुहमा ल्यापटप, कम्प्युटर, मोबाइलको प्रयोग र किशोरीलाई सिकाइएको थियो ।  

किशोरीमा आत्मविश्वास ल्याउने र व्यक्तित्व विकासमा पनि सहयोग पुगेको किशोरीमध्येकी एक भावना कुँवरले बताइन् ।  भारत, नेपाल र बंगलादेशमा एकैसाथ शुरु गरिएको परियोजनाको अभ्यास र उपलब्धीलाई काउन्सिलले शुक्रबार एक औपचारिक कार्यक्रम गरी सार्वजनिक गरेको थियो ।  

किशोरीलाई लक्षित गरी सञ्चालन गरिएको परियोजनालाई आगामी दिनमा थप जिल्लामा समेत लागु गरिने परियोजनाका संयोजक भोगेन्द्र लामिछानेले बताए ।  लैेंगिक समानता र छात्रा शिक्षाका बारेमा आयोजना गरिएको बहस कार्यक्रममा शिक्षाविद डा. विद्यानाथ कोइरालाले विद्यार्थीलाई पढाउने भाषा शैलीमा जानुपर्ने बताए ।  

यस्तै कार्यक्रममा शिक्षा विभागका महानिर्देशक खगराज बरालले सरकारी विद्यालयमा छात्र भन्दा बढी छात्राको उपस्थिती भएको भन्दै छात्रालाई डिजिटल प्रविधिबाट गरिने सिकाई बढाउनुपर्ने बताए । 

कार्यक्रममा काउन्सिलले सञ्चालन गरेको परियोजनाको बारेमा एक बृत्तचित्र समेत प्रस्तुत गरेको थियो ।  

प्रकाशित मिति २०७३ बैशाख ५ गते ।

 

प्रतिक्रिया