Edukhabar
आइतबार, ०९ मंसिर २०८१
खबर/फिचर

खबर छापिएपछि नतिजा प्रकाशित, २ विषयको अझै बाँकी

मंगलबार, ०५ फागुन २०७१

समाचार प्रभाव / काठमाडौं ५ फागुन / त्रिभुवन विश्व विद्यालयले शिक्षा शास्त्र संकाय तर्फ समेमेष्टरको प्रबेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सोमबार नतिजा निकालेर पनि सार्वजनिक नभएको बारेमा एडुखबरले समाचार प्रकाशित गरेको थियो । समेष्टरको रिजल्ट सहायक डीनको घरमा !

उक्त समाचार प्रकाशित हुनासाथ सहायक डीन नेत्र प्रसाद धितालले विभागीय प्रमुख शिवशरण महर्जनलाई नतिजा टाँस्न लगाएका श्रोतले जनायो । 'मिडियाले ताकेता गर्न थाल्यो' भन्दै उनले तत्कालै नतिजा सार्वजनिक गर्न दिएका श्रोतले जनायो ।

अझै पनि विज्ञान र शैक्षिक योजना तथा ब्यवस्थापनको नतिजा भने सार्वजनिक भएको छैन । दुई विषयको मात्रै नतिजा नआउनुका कारणबारे विद्यार्थीको चासोमा विभागीय प्रमुख महर्जनले 'आफूँलाई यत्तिनै दिएको' बताएका विद्यार्थीले जनाएका छन् ।

नतिजा अनुसार अँग्रुजीमा सहभागि २ सय ८३ मध्ये २ सय ८२ जना पास भएका छन् । गणितमा सहभागि मध्ये १ सय १३ मध्ये १ सय ७, स्वास्थ्यमा सहभागि ५३ मध्ये ५२ जना पास भएका छन् । बाँकी विषयमा सहभागि सबै उत्तिर्ण भएका छन् ।

तर कोटा अनुसार विद्याथी संख्या भने पुगेको छैन ।

यो पनि पढ्नुहोस्

समेष्टरमा फर्म भर्ने पनि प्रबेश परीक्षामा आएनन्

त्रिविका स्नातक स्नातकोत्तर पढ्न अयोग्य

प्रतिक्रिया