Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

बालबालिकालाई विद्यालय ल्याउन अभियान

शनिबार, ०४ बैशाख २०७३

काठमाडौँ, ५  वैशाख । जिल्ला शिक्षा कार्यालय कास्कीले प्रत्येक सामुदायिक विद्यालयको सेवा क्षेत्रभित्रका बालबालिकालाई अध्यननको अवसरबाट वञ्चित नगराउने उद्देश्यका साथ भर्ना अभियान सुरु गरेको छ । 

आधारभूत शिक्षामा पहुँचको सुनिश्चितता गराउने शिक्षा विभागको कार्ययोजनानुरुप जिल्लामा त्यसको प्रभावकारी कार्यान्वयनका लागि वैशाखको दोस्रो हप्तासम्म विद्यार्थी भर्ना अभियान एवम् घरदैलो कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने शिक्षा कार्यालयले जनाएको छ । 

सहायक जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालका अनुसार अभियानका क्रममा भर्नाका लागि मात्र नभएर बालबालिकाको पढाइको निरन्तरताका लागि पनि अभिभावकसँग अनुरोध गरिएको छ । जिल्लामा पठनपाठन वैशाखको पहिलो सातादेखि सञ्चालन गरिने भए पनि भर्ना अभियान भने दोस्रो सातासम्म जारी रहने बताइएको छ । 

रासस 

 

प्रतिक्रिया