Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

पूर्व सभासद् चौधरी आठ कक्षा उतीर्ण 

शनिबार, ०४ बैशाख २०७३

काठमाडौँ, ४ वैशाख । नेकपा (एमाले)की नेत्री शान्ता चौधरी कक्षा ८ को जिल्लास्तरीय परीक्षामा उत्तीर्ण भएकी छन् ।  दाङ लक्ष्मीपुरको उच्च मावि डाँडागाउँ गोग्लीबाट परीक्षा दिनुभएको पूर्व सभासद् चौधरी पहिलो श्रेणीमा उत्तीर्ण भएकी हुन् । सभासद् हुँदा निरक्षर भएका कारण धेरै दुःख झेल्नुपरेको महसुस गरेपछि उनी गाउँको विद्यालयमा भर्ना भएकी थिइन् ।  

सामाजिक सञ्जाल फेसबुकमा खुसी साट्दै उहाँले लेख्नुभएको छ, “धेरैलाई हाँसो लाग्दो हो तर यो मलाई जीवनकै सर्वोच्च उपलब्धि लागेको छ ।  घर व्यवहार र राजनीतिले गर्दा पर्याप्त पढ्न पाएकी थिइनँ, फेल हुन्छु भन्ने लागेको थियो, तर पास भइछु । पास मात्रै होइन फस्ट डिभिजन आइछु ।” साथै उनले आफूलाई पढाइमा उत्प्रेरणा जगाउने सबैमा आभार व्यक्तसमेत गरेकी छन् । 

मिडियाले लगातार पछ्याएकाले पनि आफू ध्यान दिएर पढ्न बाध्य भएको उनको भनाइ छ । 

रासस 

 

प्रतिक्रिया