Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

एसएलसीमा डी ग्रेड ल्याउने विद्यार्थीको भर्नामा चर्को विवाद

विहीबार, ०२ बैशाख २०७३

काठमाडौँ, २ बैशाख । प्रवेशिका परीक्षा (एसएलसी) मा ‘डी ग्रेड’ (३० देखि ४० प्रतिशत अंक ल्याउने) मा उत्तीर्ण हुने विद्यार्थीलाई उच्च शिक्षाको ढोका खोल्ने कि नखोल्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र उच्च माध्यमिक शिक्षा परिषदबीचमै चर्को विवाद देखिएको छ । 

शिक्षा मन्त्रालयको प्रस्तावमा उच्च माध्यमिक यिशक्षा परिषद्ले बिरोध गरेपछि विवाद चर्किएको छ ।  सवै विद्यार्थी उत्तीर्ण हुने गरी परीक्षा प्रणाली रुपमा प्रचार गरिएको शिक्षा मन्त्राय ३० प्रतिशतभन्दा माथि आंक ल्याउने विद्यार्थीलाई उच्च शिक्षाको अवसर दिनुपर्ने धारणा रोखेको छ । 

परिषदले भने गुणस्तर कायम गर्नुपर्ने भन्दै सी ग्रेड सम्म अंक ल्याउने विद्यार्थी मात्रै भर्ना लिने गृहकार्य अघि बढाएको छ । परिषदको आन्तरिक वैठकमा गुणस्तर कायम गर्न पनि सी ग्रेडसम्मका मात्रै भर्ना गर्ने गृहकार्य अघि बढाएको हो । 

(राजधानी दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया