Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

विद्यार्थी संख्या बढाउन स्वागत विधि

विहीबार, ०२ बैशाख २०७३

काठमाडौँ, २ बैशाख सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बढाउन स्यांजामा स्वागत गर्ने कार्यक्रमलाई अभियानका रुपमा चलाइने भएको छ ।  बिहीबारदेखि शुरु हुने अभियान सबै विद्यालयमा प्रभावकारी रुपमा सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।  

निमित्त जिल्ला शिक्षा अधिकारी बाबुराम सापकोटाले भर्ना दर बढाउन बालबालिकालाई खुशी राख्ने र त्यसका लागी भर्ना अभियानमा स्वागत गरिने बताए ।   बैशाख ५ गते निशुल्क पाठ्यपूस्तक वितरण गर्ने कार्यक्रमका साथै भर्ना अभियानलाई थप जोड दिने पनि उनको भनाई छ ।  

यसअघि नै साक्षर जिल्लाका रुपमा घोषित स्यांजा आधारभुत शिक्षा सुनिश्चित जिल्ला घोषणा हुने तयारीमा छ । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया