काठमाडौँ, २ बैशाख । अधिकांश विद्यालयमा शिक्षक दरबन्दीको अभाव जाजरकोटमा भएको छ । शिक्षक अभावले विषयगत पठनपाठन समस्या भई शैक्षिक गुणस्तरमा ह्रास समेत आएको छ ।
शिक्षक दरबन्दी पाएका विद्यालयले पनि महिनौसम्म शिक्षक नियुक्ति गर्न आलटाल गर्दै आएको पाइएको छ । शिक्षक नियुक्ति नहुँदा उमावि र मावि तहको पठनपाठनमा बाधा पुगेको छ।
राजनीतिक दलका नेताको दबाब, आर्थिक प्रलोभन र उजुरीका कारण नियुक्तिमा ढिलाई भएको पाइएको हो ।
जनप्रिय उच्च मावि दशेराले ४, वीरेन्द्र उमावि जुगाथाचौरले ४, आदर्श मावि लुहादले १, भानुभक्त उमावि लतहँले १, जनता उमावि पंैकले २, पञ्चभैयार मावि जिकुवाले २, भगवती मावि अर्छानीले १ र नारायणी उमावि कार्कीगाउले १ दरबन्दीमा शिक्षक नियुक्ति गर्न नसकेको शाखा अधिकृत योगेश्वर खत्रीले बताए ।
(कान्तिपुर दैनिकमा प्रकाशित)
प्रतिक्रिया