Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

विद्यार्थी थोरै भएपछि विद्यालय गाभिने

बुधबार, ०१ बैशाख २०७३

काठमाडौ, १ बैशाख । जिल्ला सदरमुकाम खलङ्गाको मुटुमा रहेको अशोक नमुना प्राथमिक विद्यालयमा दैनिक ३५ जना विद्यार्थी मात्र हाजिर हुन्छन् ।  विद्यालयको जम्मा विद्यार्थी सङ्ख्या ६१ छ, तर मुस्किलले दैनिक हाजिर हुनेको सङ्ख्या ३४÷३५ पुग्ने गरेको निमित्त प्रधानाध्यापक भगवती श्रेष्ठले दाबी गरे ।  

विद्यालयमा बालबालिका सङ्ख्या कम हुनुमा अभिभावक सचेत नहुनु हो भन्दै बालबालिकालाई आकर्षित गर्न खाजा कार्यक्रम सञ्चालनमा छ, विद्यालयबाट पोसाक दिएका छौँ र कपी कलम पनि वितरण गर्छौं तर पनि विद्यालयमा आउने सङ्ख्या निकै कम भएको उनले भने । 

विद्यार्थी सङ्ख्या अनुपातमा सदरमुकाममा शिक्षकको खात नै लाग्ने गरेको तर गाउँका विद्यालय शिक्षक नपाएर ठूलो सास्ती भोगिरहेका छन् । जहाँ निजी शिक्षक राखेर समुदायले उनीहरुको तलब व्यहोर्नु परिरहेको छ । 

जिल्लाभरिमा विद्यार्थी सङ्ख्या, विद्यालय र शिक्षक दरबन्दीको लगत सङ्कलन गरेर त्यसका आधारमा विद्यालय गाभ्ने (मर्ज) जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले बताए । जिल्लामा विद्यार्थी अनुपातमा दरबन्दी कायम नभएको, शिक्षा जगत्मा बढी राजनीति हुने गरेको र शिक्षक स्वयम् नै जिम्मेवारी पूरा गर्नेभन्दा पार्टीको प्रचारप्रसारमा लागेका कारण जिल्लाको शैक्षिक स्तर गिर्दो अवस्थामा रहेको नागरिक समाजका अगुवा जयकुष्ण आचार्यले बताए । 

रासस

 

प्रतिक्रिया