Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना र स्वागत कार्यक्रम

बुधबार, ०१ बैशाख २०७३

काठमाडौँ, १ चैत ।  विगत वर्षमा झैं यसवर्ष पनि सरकारले अनिवार्य शिक्षाका लागि विद्यार्थी भर्ना, विद्यालय स्वागत तथा विद्यार्थी टिकाउ र सिकाइ उपलब्धिमा सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  नयाँ शैक्षिक सत्रको प्रारम्भमा हुने यो अभियानको यस वर्षको नारा ‘हामी सबको इच्छा, सर्वसुलभ विद्यालय शिक्षा’ रहेको छ । सो अभियान २०६१ सालदेखि सञ्चालन हँुदै आएको छ । 

विद्यालय शिक्षामा सबैको समन्यायिक पहुँच नभएसम्म नेपालले विश्व समुदायसमक्ष प्रतिवद्धता व्यक्त गरेको सबैका लागि शिक्षा र सहस्राब्दी विकास लक्ष्य पूरा गर्न कठिन भएको जनाउँदै शिक्षा मन्त्रालयमातहतको शिक्षा विभागले विद्यालय बाहिर रहेका बालबालिकालाई मूल प्रवाहमा ल्याउन सहयोग गर्न आह्वान गरेको छ । 

अभियान अन्तर्गत २०७३ वैशाख २ देखि १४ गतेसम्म चेतनामूलक र प्रचारात्मक तथा वैशाख १५ देखि ३० गतेसम्म घरदैलो कार्यक्रम हुनेछ ।  अभियानले ५ देखि १२ वर्षसम्मका सबै बालबालिकालाई लक्ष्यित समूह तोकेको छ । सबैको लागि शिक्षामा पहुँच सुनिश्चितताका लागि नियमित विद्यालय, खुला विद्यालय, वैकल्पिक विद्यालय, वैकल्पिक सिकाइ केन्द्र र सामुदायिक अध्ययन केन्द्र सञ्चालनमा छन् । 

शैक्षिक तथ्याङ्क २०७१ अनुसार प्राथमिक विद्यालय तहमा प्राथमिक उमेर समूह ९५–९० वर्षको विद्यार्थीको खुद भर्नाको अवस्था ९६.२ प्रतिशत छ । शिक्षालाई विकासको संबाहक बनाउने दृष्टिकोणले सबैलाई आधारभूत शिक्षा उपलब्ध गराउने तथा सोभन्दा अगाडिको विद्यालयस्तरीय शैक्षिक अवसर सहज बनाउने सामाजिक उत्तरदायित्व निर्वाह गरी आधारभूत शिक्षामा सबैको पहुँच सनिश्चितताको लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको विभागका प्रवक्ता बैकुण्ठप्रसाद अर्यालले बताए । 

(गोरखापत्र दैनिकमा प्रकाशित)

 

 

प्रतिक्रिया