Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

नि:शुल्क पढाउने गुरु 

बुधबार, ०१ बैशाख २०७३

काठमाडौँ, १ बैशाख । उच्च मावि र कलेजका अधिकांश शिक्षक ट्युसन पढाउन दौडधुप गरिरहेका छन् ।  तर, दाङको  तुलसीपुर ६ मदननगरका लेखा शिक्षक वीरेन्द्र महराले क्याम्पसमा निशुल्क पढाईरहेका छन् । 

महराले तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा साउनदेखि निशुल्क शिक्षण गरिरहेका हुन् ।  उनले विविएस तेश्रो बर्षमा नियमित कक्षाका साथै एकाउण्ट, अडिट र ट्याक्सको नयाँ पाठ्यक्रम तयार पारी निशुल्क कक्षा लिइरहेका छन् ।  

विबिएसका सबै विद्यार्थीलाई उपयोगी हुने गरी कोर्स डिजाइन समेत उनैले गरेका छन् । २०५६ देखि क्याम्पसमा पढाउँदै आएका महराले सामुदायिक क्याम्पसलाई केही योगदान गरौँ भन्ने सोचका साथ निशुल्क शिक्षण गरेको बताए । 

 

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया