Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

कहिले पुग्ला किताब ? विक्रेता आन्दोलित

मंगलबार, ३० चैत्र २०७२

काठमाडौँ, ३० चैत । शैक्षिक सत्र शुरु हुन केही दिनमात्रै बाँकी छ । सरकारले शैक्षिक सत्र शुरु भएसंगै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य लिएको छ । त्यसैले बैशाख ५ गते पाठ्यपुस्तक वितरणको मिति समेत तय गरेको छ ।  

तर उद्यपुरका पुस्तक पसलमा अहिलेसम्म पनि नयाँ पाठ्यपुस्तक पुगेको छैन् । सरकारले सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा ५ गते पाठ्यपुस्तक पुर्याउने घोष्णा गरे पनि कार्यान्वयन हुने अभिभावकले विश्वास लिएका छैनन् । 

एक साता अघिसम्म पुस्तक पसलमा पाठ्यपुस्तक नहुँदा सरकारी लक्ष्य अनुसार विद्यार्थीको हातमा पुग्ला त ? अभिभावकले प्रश्न गरे ।  गत बर्ष पनि दुर्गमका विद्यार्थीले पुरै विषयको पुस्तक नपढी परीक्षा दिएको स्थानीइ बाएँछन् । 

रौताका अभिभावक नरमान विश्वकर्माले यस बर्ष पनि पाठ्यपुस्तक नपाइने भएपछि चिन्ता लागेको बताए । पुस्तक पसलमा सम्पर्क गर्दा अहिलेसम्म पुस्तक आईनपुगेको र जनक शिक्षामा सम्पर्क गर्दा अनिश्चित उत्तर आएको पुस्तक पसलेवालाले बताएका छन् । 

यता लमजुङमा भने पाठ्यपुस्तक नै अभाव देखिएको छ । पुस्तक पसलमा पाठ्यपुस्तक किन्न विद्यार्थी, अभिभावक सबैको भीड बढेपछि पाठ्यपुस्तकको अभाव देखिएको हो । 

यसैबीच जनक शिक्षा सामग्री केन्द्रको पुस्तक बेच्ने नयाँ नीतिले पूस्तक विक्रेतालाई कर छल्न बाध्य पार्ने र करछलीको कारबाहीमा पार्न खोजेको भन्दै सरकारी विद्यालयका पुस्तक लिन इन्कार गरेका छन् । 

जिल्लाका २९ पुस्तक विक्रेताले विज्ञप्ती जारी गर्दै केन्द्रले पुस्तक विक्री गर्ने नीतिले अन्ततः आन्तरिक राजस्व कार्यालयले ठाडै कर छलीको आरोपमा कारबाही गर्ने भएको आरोप लगाउँदै ६ कक्षादेखि १० कक्षासम्मका सरकारी विद्यालयका पुस्तक जिल्लामा आयात नै नगर्ने निर्णय गरेका छन् । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया