Edukhabar
बुधबार, ०९ असोज २०८१
अन्तैवाट

यस बर्षको एसएलसी परीक्षा सम्पन्न, नतिजा असारमा 

मंगलबार, ३० चैत्र २०७२

काठमाडौ, ३० चैत ।  चैत १८ गतेदेखि देशभर एकैसाथ सुरु भएको यसवर्षको  एसएलसी परीक्षा सम्पन्न भएको छ ।  छिटफुट घट्ना बाहेक परीक्षा देशभर शान्तिपूर्णरुपमा सम्पन्न भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिए । देशभर १ हजार ४४३ परीक्षा केन्द्रबाट कूल ६ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए । 

प्राविधिक तर्फको प्रयोगात्मक परीक्षा हिजो सम्पन्न भएको हो भने त्यस बाहेकका परीक्षा भने गत शुक्रबार सम्पन्न भएका थिए ।  परीक्षा अवधीभर अनियमितता गर्ने ३२८ जना परीक्षार्थीलाई परीक्षाबाट निष्कासन गरिएको, ३७ जना निरीक्षक र ३० जना सहायक कर्मचारीसहित अन्य व्यक्ति गरी ३९५ जनालाई कारबाही गरेको परीक्षा नियन्त्रक काप्रीले जानकारी दिए । 

परीक्षा नियन्त्रक काप्रीले परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्ने नियम रहेपनि असारको दोश्रो सातासम्म परीक्षाफल सार्वजनिक गर्नेगरी तिब्ररुपमा काम गर्ने बताए ।

रासस

प्रतिक्रिया